म्याग्दी / मंसिर २७ २९ गते हुने नेकपा एमालेको ११औं महाधिवेशनका लागि म्याग्दीबाट ६ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाबाट २ जना खुल्ला, २ जना महिला, १ जना युवा र १ जना दलित प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
खुल्लातर्फ दुई जनामा जिल्ला पार्टी अध्यक्ष बालकृष्ण सुवेदी र पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ, महिलातर्फ दुई जनामा जिल्ला सचिव थमसरा पुन र यसुदा रोका, युवातर्फ एक जनामा बिधार्थी नेता प्रकाश पौडेल र दलिततर्फ एक जनामा गण्डकी प्रदेश कमिटी सदस्य खरमाया बिटालु सर्वसम्मत चयन भएको म्याग्दी एमालेले जनाएको छ ।