८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा राजमो–नेकपाको तालमेल हुँदा एमाले, काँग्रेस, रास्वपा एक्लाएक्लै प्रतिस्पर्धामा


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०८२ , शुक्रबार

  • बागलुङमा राजमो–नेकपाको तालमेल हुँदा एमाले, काँग्रेस, रास्वपा एक्लाएक्लै प्रतिस्पर्धामा

    बागलुङ / दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) ले चुनावी तालमेल गर्दा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका साना दल एकल चुनावी मैदानमा छन् ।

    बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकरी र क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे साझा उम्मेदवार छन् । तालमेल अनुसार क्षेत्र नं. १ नेकपाले जनमोर्चाका अधिकारीलाई सघाउने छ भने क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार गैरेलाई राजमोले सघाउने छ । अधिकारी र गैरे संसदीय चुनावमा नयाँ अनुहार हुन।

    बागलुङ १ मा एमालेबाट हीराबहादुर केसी, कांग्रेसका भीम श्रीस र रास्वपाका सुशिल खड्का चुनावी मैदानमा छन । श्रीस र खड्का पहिलो चुनावमा होमिदा एमालेका केसी २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका हरिबहादुर खड्का र २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेसका दिपेन्द्रबहादुर थापासँग पराजित भएका हुन् ।

    बागलुङ १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा चुनावी मैदानमा छन् ।

    यस्तै, बागलुङ २ मा एमालेबाट मञ्जु शर्मा चालिसे, कांग्रेसका टेकराज पौडेल र रास्वपाबाट सोम शर्माले प्रतिष्पर्धा गर्दै छन । चालिसे दोस्रो पटक चुनावी मैदानमा होमिँदा कांग्रेसका पौडेल र रास्वपाका शर्मा संसदीय निर्वाचनमा नयाँ उमेदवार हुन ।

    २०७९ को चुनावमा बागलुङ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार डा. सूर्य पाठकलाई पराजित गर्दा राजमोका चित्रबहादुर केसी कांग्रेस, तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थिए ।

    केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलको ९ हजार १ सय ८१ मत ल्याएका थिए ।

    यस्तै, बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा, एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारबिच प्रतिष्पर्धा हुने भएको छ । बागलुङ २ मा नेकपा गैरे, एमालेका चालिसे, कांग्रेसका टेकराज पौडेल र रास्वपाका शर्मा चुनावी मैदानमा छन । त्यहाँ २०७४ मा वाम गठबन्धन र २०७९ मा पाँच दलीय गठबन्धनबाट नेकपाका देवेन्द्र पौडेलले चुनाव जितेका थिए । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेल अहिले नवलपरासी पश्चिम २ बाट उम्मेदवार छन् ।

    २०७९ को निर्वाचनमा २४ हजार ७ बागलुङमा राजमो–नेकपाको तालमेल हुँदा एमाले, काँग्रेस, रास्वपा एक्लाएक्लै प्रतिस्पर्धामासय ९४ मत ल्याएर पौडेल विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १ सय ९३ मत पाएकी थिइन । रास्वपाकी तिला खत्रीले २ हजार ३ सय २७ मत प्राप्त गरेकी थिईन । ‘‘पाँच दलीय गठनबन्धनसँग चुनाव लडेको अनुभव छ’’ चालिसेले भनिन, ‘‘यस पटक नेकपा र राजमोबिच तालमेल भए पनि ठुला दल एकल मैदानमा हुँदा जित निश्चित छ ।’’

    रास्वपाका दुवै उमेदवार जेनजी आन्दोलनबाट राजनीतिमा आएका हुन् । दुवै जना सामाजिक सञ्जालमार्फत अभियानकर्मीको रूपमा चिनिन्छन् । राप्रपाले क्षेत्र नं.१ मा कल्याणविक्रम आचार्य र क्षेत्र नं. २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाएको छ ।

    बागलुङ २ मा मङ्गोल नेसनल अर्गनाइजेसनका जुनबहादुर थापा, मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेसनल रिपब्लिक पार्टीका नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले चुनावी प्रतिष्पर्धा गर्दै छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend