९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङमा तेस्रो संस्करणको ‘आदर्श कप’ फुटबल हुने


जनमञ्च संवाददाता
  • २४ बैशाख २०८३ , बिहिबार

  • बागलुङमा तेस्रो संस्करणको ‘आदर्श कप’ फुटबल हुने

    बागलुङ/जिल्लामा तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुने भएको हो ।

    आगामी जेठ १५ देखि २२ गतेसम्म बाङेचौर खेलमैदानमा चल्ने प्रतियोगितामा पुरुषतर्फ विजेता टोलीलाई आदर्श कपसहित ७५ हजार ५ सय र उपविजेता टोलीलाई ३७ हजार ७ सय ५० रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

    यस्तै, महिलातर्फको विजेता टोलीले आदर्श कपसहित नगद ४० हजार र उपविजेता टोलीले २२ हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडि, मिडफिल्डर, उच्च गोलकर्ता, गोलरक्षक र उत्कृष्ट फरवार्डसंगै अनुशासित टोलीलाई नगदसहित पुरस्ककृत गरिने अध्यक्ष केसीले जानकारी दिए ।

    प्रतियोगिता सञ्चालन गर्न ७ लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान गर्न प्रतियोगिता एक अवसर बन्ने सह–आयोजक समेत रहेको आदर्श विद्यामन्दिर माविका प्रिन्सिपल भूपेन्द्रले केसीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend