९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखराबाट भारतका लागि पहिलो मेडिकल चार्टर उडान


जनमञ्च संवाददाता
  • ५ जेष्ठ २०८३ , मंगलबार

  • पोखराबाट भारतका लागि पहिलो मेडिकल चार्टर उडान

    पोखरा /पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलोपटक भारतको भोपालका लागि मेडिकल रेस्क्यू चार्टर उडान भएको छ । उक्त उडान भारतको भोपाला (पुरानो नाम राजा भोज) विमानस्थलका लागि गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

    विमानस्थलका सूचना अधिकारी आशिष प्रकृति धितालका अनुसार मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भोपाल पठाइएको हो । श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किदा बिरामी भएपछि उद्धार गरी पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा ५ दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको हो ।

    चार्टर उडानमा बिरामीका दुई छोरा, चरक अस्पतालका ३ चिकित्सक र ६ जना चालक दलका सदस्य रहेका छन् । श्री एअरलाइन्सको उक्त विमान मंगलबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा पोखराबाट भोपालका लागि उडेको धितालले बताए । बिमान डेढ घन्टामा भोपाल पुग्ने र काठमाडौं फर्किने छ ।

    पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान हो । यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो, तर फर्किने उडान बंगलादेश गएको थियो । यसअघि पोखराबाट चीनको ल्हासा,छेन्दू , भुटान र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend