८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पोखराको फिर्केखोला अतिक्रमण गरी बनाईएका संरचना भत्काउन शुरु


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०८३ , आइतबार

  • पोखराको फिर्केखोला अतिक्रमण गरी बनाईएका संरचना भत्काउन शुरु

    पोखरा/पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन शुरु गरेको हो ।

    आईतबार विहान पोखरा २ र १८ को सिमानामा पर्ने अँधेरीकुना, पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल बुढानिलकण्ठ मन्दिर छेउ र पोखरा ७ र ८ को सिमानामा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला पुल छेउबाट अतिक्रमित संरचना भत्काउन शुरु गरेको हो ।

    यसअघि पोखरा महानगरपालिकाले एक महिना लगाएर फिर्केखोलाको नापजाँच गरि प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन् । जसमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन् । जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend