१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

‘कर्मा कम्प्लेक्स’मा एक महिनादेखि ताला


जनमञ्च संवाददाता
  • ९ साउन २०८२ , शुक्रबार

  • ‘कर्मा कम्प्लेक्स’मा एक महिनादेखि ताला

    बागलुङ/इमेज बचत पीडितहरुले नेपालीसँग मिलापत्र गरेर जेलबाट छुटाउने प्रयास गरेका छन् । उक्त प्रयास सफल भएमा जेलमुक्त भएपछि मात्र नेपालीले बाँकी सम्पत्ति बिक्री गरेर पीडितको रकम फिर्ता गर्ने आश्वासन दिएका छन् ।

    बागलुङ÷राष्ट्रिय सहकारी बैंकले लिलाम गरेको भन्दै इमेज सहकारी पीडित संघर्ष समितिले जेठ ३१ गतेदेखि बागलुङ बजारस्थित बागलुङ नगरपालिका वडा नं. २ को हल्लनचोकमा रहेको ‘कर्मा कम्प्लेक्स’मा तालाबन्दी गरेका छन् । उक्त ताला खोल्ने प्रयास प्रहरी, नगरपालिका वा कसैले पनि चासो राखेका छैनन् ।

    सहकारी ठगी मुद्दामा जेलमा रहेको बेला बैंकको समेत मिलेमतोमा घर बिक्री गरेको उनीहरुले आरोप लगाइ ताला लगाएका थिए । हाल उक्त कम्प्लेक्स बागलुङ नगरपालिका वडा नं. ११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका छन् । हाल अमेरिका बस्ने क्षेत्री परिवारले उक्त भवनको भाडा लिन थालेको भन्दै पीडितले तालाबन्दी गरेको बताए । ‘अरब पर्ने सम्पत्ति मिलेमतोमा २०÷२२ करोडमा बिक्री गरिएकोले ताला लगाउन बाध्य भयौं’ समितिका एक अगुवाले भने, ‘माफियाहरुले बैंकलाई पनि प्रभावमा पारेर घरजग्गा किनेका छन् ।’ उक्त घर पीडितको नाउँमा आउनुपर्ने उनीहरुको माग छ ।

    उक्त घर क्षेत्री परिवारले २३ करोडमा खरिद गरेको स्थानीय बताउँछन् । मिलेमतोमा बिक्री गरिएको भन्दै पीडितले जेठ अन्तिम साता दुइ दिनसम्म राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा पनि तालाबन्दी र धर्ना दिएका थिए । बागलुङ नगरपालिका वडा नं. २ मा रहेको कित्ता नम्बर ४५७, ४५८ र ४५९ मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो ।

    सहकारी ठगी मुद्दामा सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका निलम्बित प्रमुख पुर्पक्षका लागि कारागारमा छन् । नेपालीको नाउँमा रहेको घर लिलामी प्रक्रियामार्फत बैंकले लिलाम गरेको हो । पीडितले नेपाली नआइ घर बिक्री गरिएकोले ताला लगाएको दाबी छ भने मालपोत कार्यालयले बैंकको लिलामी प्रक्रिया पुगेपछि बिक्री गर्ने व्यक्ति नचाहिने बताएको छ ।

    इमेज बचत पीडितहरुले नेपालीसँग मिलापत्र गरेर जेलबाट छुटाउने प्रयास गरेका छन् । उक्त प्रयास सफल भएमा जेलमुक्त भएपछि मात्र नेपालीले बाँकी सम्पत्ति बिक्री गरेर पीडितको रकम फिर्ता गर्ने आश्वासन दिएका छन् । उक्त आश्वासनलाई टेकेर पीडित संघर्ष समितिले भने हल्लनचोकको घरमा पनि ताला लगाएको हो । नेपालीले दिएको आश्वासन अनुसार घरघडेरी बेचेर भएपनि पीडितको रकम फिर्ता गर्ने घोषणा भएपछि बैंकले बेचेको दाबी पीडितले गर्छन् । बैंकले भने डेढ वर्ष अघिदेखिनै सार्वजनिक सूचना जारी गरेर प्रक्रियागत रुपमा घर बिक्री गरेको उल्लेख छ ।

    त्यसो त पीडितका अगुवाले पनि बुर्तिवाङस्थित दरबार होटल र उक्त होटलले चर्चेको जग्गा खरिद गर्ने पहल समेत गरेका छन् । मूल्य अनुसारको लगानी गर्न सक्ने नभएपछि त्यो काम रोकिएको छ । पीडितले भने जग्गाजमिन बिक्री गर्न सकेमा बचतकर्ताको रकम फिर्ता गर्न सकिने दाबी गरेका छन् । जिल्ला अदालत र सरकारी वकिलको कार्यालयले पनि बचतकर्ताको हितमा मुद्दालाई मिलापत्रतर्फ लैजान प्रेरित गरेको छ । नेपालीविरुद्व सहकारी ठगीकै मुद्दामा पोखरास्थित सूर्यदर्शन सहकारीमा पनि मुद्दा भने कायमै छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend