२३ असोज २०८३ , शुक्रबार

२३ असोज २०८३ , शुक्रबार
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बागलुङमा यात्री सहायता कक्ष शुरु


जनमञ्च संवाददाता
  • २२ असोज २०८३ , बिहिबार

  • बागलुङमा यात्री सहायता कक्ष शुरु

    बागलुङ/जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित गरेर यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बानपा २ को समीक्षालयमा स्थापना भएको कक्षको उद्घाटन गरे ।

    प्रहरीले चाडपर्वको बेला आउने यात्रीलाइ सास्ती र हैरानी नहोस्, नयाँ यात्री आएमा सहजै गन्तव्य भेटाउन सकोस र उनीहरुलाई परेका अन्य समस्या समाधानमा सहयोग गर्न यो कक्ष संचालनमा ल्याइएको बताइएको छ । कक्षको उद्घाटन गर्दै प्रजिअ आचार्यले हरेक नागरिकलाई साथ दिनकालागि यो कक्ष संचालन हुने बताए ।

    उनले महंगो भाडादरले कोही ठगिन नहुने देखि सवारी नपाएर अलपत्र परेको भए उचित सल्लाह दिएर गन्तव्यमा पठाउने काम समेत यो कक्षबाट हुने उनले बताए । यस्ता कक्ष मालढुंगा, बागलुङ बजार, गलकोट स्थित हटिया बजार र बुर्तिवाङमा स्थापना गरिने प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताए ।

    बाढी पहिरोले सडकहरु अबरुद्द भएकोले यो बेला आम नागरिकले यातायातमा कठिनाइ भोगेका छन् । यो मौका छोपेर यातायात व्यवसायीले मनोमानी भाडा समेत असुल गरेको गुनासो बढी रहेको छ । तसर्थ कक्षले त्यस्ता गुनासाको पनि सम्बोधन गर्ने बताइएको छ । प्रजिअ आचार्यले मंगलवारै सबै यातायात व्यवसायीसँग पनि छलफल गरेका छन् ।

    उनले कच्ची सडकको भाडा पक्की भैसक्दा पनि उही रहेकोले परिमार्जन गर्न परामर्श थालेको बताए । उनले त्यसकालागि सबै व्यवसायीलाइ जानकारी गराएको समेत बताए । त्यस बाहेक चाडपर्वको अबसरमा बजारमा महंगी बढ्ने भएकोले बजार अनुगमनलाई तीब्रता दिने, ग्राहकको गुनासोलाई ख्याल गर्ने जस्ता जानकारी गराएका छन् ।

    ती सहायता कक्षमा दैनिक र नियमित २ जना प्रहरी र ट्राफिक समेत रहने भएकोले तीब्र गतिको नियन्त्रण, कागजात बिना जथाभावी सवारी चलाउनेको निगरानी गरिने लगायतको सहयोग समेत हुने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend