१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

‘धौलागिरिमा उच्च शिक्षा संभावना र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न


जनमञ्च संवाददाता
  • २ भाद्र २०८२ , सोमबार

  • ‘धौलागिरिमा उच्च शिक्षा संभावना र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न

    बागलुङ, २ भदौ-धौलागिरि बहुमुखी क्याम्पसलाई उच्च शिक्षामा अब्बल बनाउन सकिने सरोकारवालाले बताएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको आर्कषणको केन्द्र बनाउन उत्पादन र रोजगारसँग जोड्नुपर्ने समेत उनीहरुको भनाइ थियो ।
    धौलागिरि बहुमुखी क्याम्पसद्वारा आयोजित ‘धौलागिरिमा उच्च शिक्षा संभावना र चुनौती’ विषयक अन्तरक्रियामा अबको उच्च शिक्षा रोजागारीमा जोडिएन भने विद्यार्थी टिकाउन नसकिने समेत सहभागिहरुको सुझाव थियो ।
    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले संसारभर वैदेशिक यात्रामा निस्कने क्रम उत्तिकै रहेकोले उच्च शिक्षामा के आर्कषण दिन सकिन्छ त्यो मात्र महत्वपुर्ण भएको बताए । उनले विदेश गएकाहरु पनि फर्कने गरी देशका रोजगार सिर्जना गर्ने शिक्षा प्रणाली चाहिएको भन्दै आइटि लगायतका प्राविधिक विषयको अध्यापनले स्वदेशमै बसेर पनि कमाउने वातावरण बन्ने उनको भनाई थियो ।
    धौलागिरि क्याम्पसमा शुरु भैरहेको बिआइटीसी कार्यक्रमले पनि रोजगारको क्षेत्रमा आमुल परिवर्तन ल्याउन सक्ने शर्माको भनाइ थियो । शर्माले अन्तराष्ट्रिय क्षेत्रमा पनि कैयौं विद्यार्थीहरु पढ्दै कमाउँदै गर्न हिंडेको प्रसंग राख्दै अध्यक्ष शर्माले नेपालमा पनि रोजगारीमा जोडिने कार्यक्रम बनाउन सकेमा युवापुस्ताको आर्कषण बढ्ने बताए ।
    कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, कांग्रेस सचिव तथा जैमिनी नगरका उपप्रमुख हरिहर शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, पूर्व स्ववियु सभापतिहरुबाट जनकराज पौडेल र सुदिप सागर कंडेलले उच्च शिक्षालाई रोजगारी र व्यवसायमा जोड्ने वातावरण बनाउन क्याम्पस प्रशासनलाई आग्रह गरेका थिए ।
    सो अवसरमा बिबिए कार्यक्रमबारे बिप्लव शर्मा, आसपासका क्याम्पसको अवस्थाबारे देवबहादुर क्षेत्री, प्राविधिक पढाइबारे आइटि विज्ञ आनन्द पाठक र क्याम्पसका अध्यक्ष दिनबहादुर थापाले समग्र क्याम्पसको अबस्था र अध्ययन प्रतिवेदन समेत पेश गरेका थिए । ती प्रस्तुतीमा सहभागिले भाग लिएर छलफल गरेका हुन् । क्याम्पसले सबैको सुझाव लिएर आगामी उच्च शिक्षाको यात्रा तय गर्ने जनाईएको छ ।
    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापाको अध्यक्षता, सहायक प्रमुख डिल्लीराज गौतमको संचालन र क्याम्पस प्रमुख सुर्दशन सिलवालको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, स्ववियु सभापति आस्मिन शेष, चिल्ड्रेन लाइफ बोर्डिङका प्रिन्सीपल नवराज श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी, बिद्यामन्दिर माबिका प्रअ छविरमण रेग्मी, शिक्षकहरु भूमिराज शर्मा, टिकाराम सापकोटा, रेशम श्रीष लगायतले सुझावहरु पेश गरेका थिए ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend