८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
‘फ्लड लाइट’ बालेर पन्छाइयो तुइनखोलाको पहिरो

५० घण्टापछि खुल्दै नारायणघाट-मुग्लिन सडक


जनमञ्च संवाददाता
  • ९ असोज २०८२ , बिहिबार

  • ५० घण्टापछि खुल्दै नारायणघाट-मुग्लिन सडक

    चितवन / मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो पन्छाइएको छ। अँध्यारोमा ‘फ्लड लाइट’ जडान गरेर पहिरो पन्छाउने काम सकिएको हो।

    अब सडक सफा गर्न बाँकी छ। सडक सफा गरेपछि आज रातिबाट नै सवारी साधन चल्ने सम्भावना रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।

    धमाधम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले साँझ ७ बजे सो कामबारे जानकारी सेयर गर्दै ‘फ्लड लाइट’ जडान गरेर काम धमाधम भइरहेको बताएको थियो।

    डिभिजन कार्यालयले बिहीबार दिउँसोम्मि तुइनखोलामा खसेको पहिरो ६० प्रतिशत हटाइएको र रातिसम्म पहिरो पन्छाइसक्ने आकलन पनि गरेको थियो।

    कार्यालयका अनुसार पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरि निरन्तर रुपमा काम गरेको हो। यसको अलावा दुवैतर्फ १/१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन्।

    साथै, काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ। पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ।

    पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स(साना तिखा ढुंगाहरूका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरू पनि थप गरिएको छ।

    पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छैनन्। तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ।
    दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend