८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा बजार अनुगमन धामधाम


जनमञ्च संवाददाता
  • १० असोज २०८२ , शुक्रबार

  • बागलुङमा बजार अनुगमन धामधाम

    बागलुङ/दशैं, तिहार लगायतका चाडपर्वका बेला बजारमा झिनियाको माग र खपत बढ्छ । अन्य समयमा भन्दा रंग मिसिएका अन्य खाद्य सामग्री यो बेला बढीनै प्रयोगमा आउँछन् ।
    अखाद्य रंग प्रयोग गरिएका खानाबाट दिर्घकालिन रुपमा प्राणघातक रोगको समेत संक्रमण हुने सचेतनासहित बागलुङ बजारमा धामधाम बजार अनुगमन थालिएको छ । बागलुङ नगरपालिकाको संयोजनका अनुगमनमा निस्किएको सरोकारवालाको समुहले बजारका खद्यान्न, माछा, मासु, फलफुल तथा सरकारी पसलहरुमा पुगेर अनुगमन थालेको हो ।
    अनुगमनका क्रममा उपभोक्ता हितको ख्याल गर्न, राज्यका नियम कानूनको पालना गरेर मात्रै दैनिक उपभोग्य बस्तुको खरिद बिक्रि गर्न आग्रह गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
    बिहिबार गरिएको अनुगमनमा मासुु पसलमा मासु फोहोर भेटिएको, पसलहरुमा अखद रंग मिसिएका झिनिया लगायतका खाद्यसामग्री भेटिएको बागलुङ नगरपालिकाका राजश्व शाखा बधिकृत सरस्वती शर्माले बताईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend