८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बजेट अभावमा बुधबारदेखि बन्द भयो अमेरिकाको सरकार


जनमञ्च संवाददाता
  • १५ असोज २०८२ , बुधबार

  • बजेट अभावमा बुधबारदेखि बन्द भयो अमेरिकाको सरकार

    पोखरा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन)भएको छ। सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सुरू भएको हो।

    बन्दको बेला संघीय निकायले कर्मचारीहरूलाई व्यापक रूपमा बेतलबी बिदामा पठाउने र सार्वजनिक सेवाहरू कटौती गर्ने अपेक्षा गरिएको छ। दक्षिणपन्थी रिपब्लिकन पार्टीले सानो सरकारको वकालत गर्छ। सरकारको व्यापक भूमिका हुनुपर्छ भन्ने डेमोक्र्याटिक पार्टीले बजेट पास हुन नदिए सरकारको आकार घटाउन धेरै दरबन्दी खारेज गर्ने रिपब्लिकन पार्टीले धम्की दिँदै आएको थियो।

    त्यसैले यसको प्रभाव दुर्गामी हुन सक्ने भनेर द वाल स्ट्रिट जर्नलले लेखेको छ। अमेरिकामा संघीय आर्थिक वर्ष अक्टोबर १ बाट सुरू हुन्छ। त्यसअघि नै संघीय बजेट संसदले पारित गर्नुपर्छ।

    उसो त अमेरिकाको दुवै सदनमा रिपब्लिकनको स्पष्ट बहुमत छ। तर सत्तारूढ दलले मनपरी नगरून् भनेर सिनेटमा बजेट जस्तो केही विधेयकमा ‘फिलिबस्ट’ को प्रावधान हुन्छ। फिलिबस्टर भनेको आफूलाई मन नपरेको विधेयकमा घण्टौंसम्म बोलेर प्रक्रिया लम्ब्याइ त्यसमा मतदान हुन नदिने उपाय हो। फिलिबस्टर लाग्ने विधेयक विपक्षीको सहयोग बिना पास गर्न ६० मत चाहिन्छ।

    नोभेम्बर २१ सम्म सरकारी खर्च जोहो गर्ने रिपब्लिकनको योजनाले मंगलबारको मतदानमा ५५ भोट मात्रै पायो। अक्टोबरको अन्त्यसम्म स्रोत जुटाउने डेमोक्र्याटिक पार्टीको छुट्टै योजना पनि ४७ विरूद्ध ५३ मतले पराजित भयो। सो योजनामा स्वास्थ्य सेवा खर्चमा १० खर्ब डलरभन्दा बढी थप्ने प्रस्ताव गरिएकाले रिपब्लिकनले त्यसलाई असफल पारे भनेर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले लेखेको छ।

    विपक्षीको माग अनुसार केही बजेट दिन राजी भएपछि अमेरिकामा जुन पार्टीको राष्ट्रपति भए पनि प्राय संघीय बजेट पास हुने गर्छ। यस पटक भने त्यस्तो सहमति हुन सकेन। अमेरिकामा पछिल्लो सरकार बन्द ट्रम्पको पहिलो कार्यकालमा भएको थियो। ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माणका लागि पैसा छुट्टयाउने मागमा डेमोक्र्याटिक सांसद सहमत नभएपछि २०१८ डिसेम्बर देखि ३५ दिनसम्म सरकार बन्द भएको थियो।
    (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend