८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

१० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक


जनमञ्च संवाददाता
  • २४ बैशाख २०८३ , बिहिबार

  • १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

    काठमाडौं / सरकारले समस्याग्रस्त १० वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको हो।

    समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानुन बमोजिम असुली गरिने चेतावनी दिएको छ।

    समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो।

    साथै, अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम पनि क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ। त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिघ्र सम्पर्क गरी ऋण तिर्न समितिले आग्रह गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend