८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक


जनमञ्च संवाददाता
  • २२ असोज २०८२ , बुधबार

  • हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

    काठमाडौं / हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ।इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल (आडिएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो।

    इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो।

    यद्यपि, भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा अपहरणमा परेको करिब एक महिनापछिको उनको अवस्था देख्न सकिन्छ।

    यसअघि अपहरणकै दिन शिफा अस्पतालको एक सुरक्षा क्यामेरा फुटेजमा उनलाई देखिएको थियो। सोपछि उनको कुनै तस्बिर बाहिर आएको थिएन।

    नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवार र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।

    कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा हमासले किबुत्ज अलुमिममा आक्रमण गर्दा उनलाई बन्धक बनाइएको थियो।

    आक्रमणका क्रममा विपिनले हमासका लडाकुले फालेको ग्रेनेड बाहिर फालेर अरूको ज्यान बचाएको विवरणहरू समेत सार्वजनिक भएका थिए। करिब दुई वर्षदेखि उनको अवस्था अज्ञात रहँदा परिवारले निरन्तर उनको सकुशल रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend