८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

ओलीको घोषणाः ‘गौरीबहादुर कार्की नेतृत्वको आयोग अस्वीकार्य छ, एमालेलाई मान्य छैन्’


जनमञ्च संवाददाता
  • २३ असोज २०८२ , बिहिबार

  • ओलीको घोषणाः ‘गौरीबहादुर कार्की नेतृत्वको आयोग अस्वीकार्य छ, एमालेलाई मान्य छैन्’

    काठमाडौं  / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका घटनाको छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको आयोग आफूलाई अमान्य भएको घोषणा गरेका छन्। पूर्व न्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोग आफूलाई अमान्य भएको बताएका हुन्।

    ‘यो नक्कली आयोग मञ्जुर छैन,’ भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘किन पनि मञ्जुर छैन भने आयोगमा राखिन भन्दा अगाडि, आयोगमा बस्न अगाडि गम्भीर अभिव्यक्तिको प्रश्न उठिसके पछाडि सप्रमाण मानिसले ल्याइसके पछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्दैन।’

    उनले आयोगका अध्यक्ष कार्कीका पूर्व अभिव्यक्तिका कारण निष्पक्षतामाथि प्रश्न उठाएका हुन्। ‘एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष भइसक्छ? उहाँहरू विरोधीबाट निष्पक्ष भइसक्नुभयो?’ ओलीले भने।

    आयोगका अध्यक्ष कार्कीले एकाएक निष्पक्ष हुन केके गरे भनेर पनि ओलीले प्रश्न गरे। उनले भने, ‘के गर्नुभयो गंगाजलले नुहानुभयो, बागमतीको पानी नुहानुभयो। गहुत खानुभयो के के गर्नुभयो? सुनपानी छर्कनुभयो ? के गरेर उहाँहरू निष्पक्ष हुनुभयो बताउनु परेन? बोल्नुभयो उहाँहरू? हामी निष्पक्ष छौं भन्न सक्नुभयो ?’

    ‘लुसुलुसु अगाडि बढ्नुभएको छ, बढ्नुस्। तपाईँहरूको प्रतिवेदन बुझाउनुस्, फैसला गर्नुस् एमालेलाई मान्य छैन। नेपाली जनतालाई मान्य छैन। मान्दैनौं हामी गर्नुस् केके गर्नुहुन्छ,’ ओलीले अगाडि भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend