८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

भण्डारीलाई एमालेको सदस्यता दिन बहुमत सचिवालय सदस्यको जोड


जनमञ्च संवाददाता
  • २५ असोज २०८२ , शनिबार

  • भण्डारीलाई एमालेको सदस्यता दिन बहुमत सचिवालय सदस्यको जोड

    काठमाडौं / नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाका लागि आवाज उठेको छ।

    शुक्रबार भक्तपुरस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखेकी हुन्। यस्तै लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिए।

    ‘पुरानाले हामी जति पनि नेता छौँ, बिदा लिऔँ, यही नेतृत्व लिएर एमाले पार्टी अघि बढ्न सक्तैन भनेर भन्नुभयो,’ लिखित प्रस्तावको सार उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अष्टलक्ष्मी कमरेडले सिधै अध्यक्षको राजीनामा माग गर्नुभयो।’

    उपाध्यक्ष ज्ञवालीले पार्टी पुनर्गठनको आवश्यकता झन् बढ्दै गएको भन्दै अध्यक्षले पदत्याग गर्नुपर्ने बताए। बैठकमा नौ जना पदाधिकारीले धारणा राखेका थिए।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू शाक्य, ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र गुरु बरालले धारणा राखेका थिए।

    उपाध्यक्षहरूमध्ये बराल मात्र ओलीको पक्षमा खुले। ‘अहिले देश विदेशबाट आक्रमण भइरहेका बेला आन्तरिक एकता बलियो पार्नुपर्छ, राजीनामाले निकास दिँदैन,’ बरालले भने।

    यस्तै, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीले तत्काल राजनीनामा दिन नहुने पक्षमा उभिएका थिए।

    ‘उपाध्यक्ष कमरेडहरूले घुमाएर राजीनामा शब्द नभनी अध्यक्षले पदत्याग गर्नुपर्ने कुरा उठाउनुभयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘राजीनामा मागे पनि अध्यक्षले दिने भए पो।’

    आगामी असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न शुक्रबार सचिवालय बैठक बोलाइएको हो।

    भण्डारीको सदस्यता खुला गर्न बहुमत पदाधिकारी एकै ठाउँ
    पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता खुला गर्न सचिवालयका बहुमत बढी सदस्यले ओलीलाई सुझाव दिए।

    ‘पर्सि बस्ने केन्द्रीय कमिटी बैठकले उहाँको पार्टी सदस्यता खुला गरिदिए हुन्छ भनेर बहुमत साथीहरूले भन्नुभयो। यसमा एकै स्वरजस्तो थियो,’ अर्का पदाधिकारीले भने।

    नौ जनामध्ये बहुमतले भण्डारीको रोकिएको सदस्यता खुला गर्नुपर्ने सुझाव दिएको ती नेता बताउँछन्।

    भण्डारीलाई सदस्यता दिनुपर्ने पक्षमा विष्णु पौडेल, रामबहादुर थापा खुलेपछि सचिवावलयमा बुहमत भएको छ।

    भण्डारीको सदस्यता रोकिएकै कारण ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे एकातिर थिए। अब सचिवलायमा ओली अल्पमतमा परेका छन्।

    असार १४ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको बताएपछि उनलाई रोक्न ओलीले अनेक चाल चलेका थिए।

    त्यही विषयले एमालेका नेताहरू विभाजित भइरहेका थिए। भण्डारीले समानान्तर गतिविधि गरिरहेकी थिइन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend