८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेको अर्ली महाधिवेशन मंसिरको अन्तिम हप्ता


जनमञ्च संवाददाता
  • २६ असोज २०८२ , आइतबार

  • एमालेको अर्ली महाधिवेशन मंसिरको अन्तिम हप्ता

    काठमाडौं / नेतृत्व परिवर्तनको गर्मागर्मी बहसवीच खुल्दै,रोकिँदै आएको र जेनजी आन्दोलनबाट सत्ताच्युत नेकपा एमाले को सचिवालय बैठक आगामी मङ्ग्सिरको अन्तिम साता एघारौं महाधिवेशन आयोजना गर्ने निर्णयसहित भर्खर सकिएको छ ।

    नेतृत्ववारे महाधिवेशनले नै टुंगो लगाउने सहमतिसमेत जुटेको छ भने सरकार गठन र प्रतिनिधिसभा विघटन दुबैलाई असंबैधानिक ठहर्याउँदै भरपर्दो वातावरण बन्न सके चुनावलाई इन्कार नगर्ने निर्णय पनि भएको छ ।

    सचिवद्वय योगेश भट्टराई र गोकर्ण बिष्टले शिष्ट भाषामा चर्कोसङ्ग अध्यक्ष केपी ओलीलाई मार्गप्रशस्तीका लागि बैठकमा राखेका थिए भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्ग, सचिवहरु पद्मा अर्याल र छविलाल बिकले उपयुक्त फोरम र पध्दतिबाट नयाँ नेतृत्व छान्ने दिशातिर जानुपर्ने धारणा राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend