८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

३० जिल्लामा सीडीओ हेरफेर, को कहाँ परे ?


जनमञ्च संवाददाता
  • ९ कार्तिक २०८२ , आइतबार

  • ३० जिल्लामा सीडीओ हेरफेर, को कहाँ परे ?

    काठमाडौं / गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको छ। आइतबारको यो निर्णयमा ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर गरिएको छ। ललतिपुर र भक्तपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हेरफेर गरिएको हो।

    ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन्। यसअघि उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई विभागको जिम्मेवारी दिइएको छ।

    यस्तै भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ। उनी यसअघि काभ्रेपलान्चोकको सीडीओ थिए। भक्तपुरका सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभामा सरुवा भएका छन्।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे लमजुङ, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली सरुवा भएका छन्।

    यस्तै महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका सीडीओ तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेललाई धनुषामा सरुवा गरिएको छ।

    को कहाँ परे ?

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend