८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धेरै प्रोटिन खाँदा युरिक एसिड बढ्छ ?


जनमञ्च संवाददाता
  • २ मंसिर २०८२ , मंगलबार

  • धेरै प्रोटिन खाँदा युरिक एसिड बढ्छ ?

    काठमाडौं / पछिल्लो समयमा फिटनेस र स्वस्थ रहने ट्रेन्ड बढेको छ । उच्च प्रोटिनयुक्त आहारहरूको प्रयोग आजभोलि सामान्य भइसकेको छ । जिम जानेहरू, बडीबिल्डरहरू, वा तौल घटाउन खोज्नेहरूले प्रायः आफ्नो आहारमा प्रोटिनको मात्रा बढाउँछन् । प्रोटिन स्वास्थ्यको लागि आवश्यक छ । तर अत्यधिक मात्रामा प्रोटिनको सेवनले युरिक एसिडको स्तर बढाउन सक्छ । के यो कुरा तपाईँलाई थाहा छ ?

    हो, तपाईँले सही सुन्नुभयो । धेरै प्रोटिन खाँदा शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ, जसले गम्भीर समस्याहरू निम्त्याउँछ । चाहिनेभन्दा धेरै प्रोटिन खाँदा युरिक एसिडको स्तर कसरी बढ्छ र कुन लक्षणहरू हेरेर यसलाई पहिचान गर्न सकिन्छ ? आजको यस लेखमा यहीबारे कुराकानी गर्नेछौँ ।

    प्रोटिनले कसरी बढाउन सक्छ युरिक एसिड ?

    वास्तवमा, हाम्रो शरीरमा प्युरिनको ब्रेकडाउनबाट युरिक एसिड बन्छ । केही खानेकुराहरू, विशेष गरी उच्च प्रोटिनयुक्त खानाहरूमा प्रशस्त मात्रामा प्युरिन पाइन्छ । जब कसैले ठुलो मात्रामा यसको सेवन गर्छ, शरीरमा युरिक एसिडको उत्पादन बढ्छ ।

    जनावरबाट पाइने प्रोटिन; रातो मासु, अंगको मासु, समुद्री खाना, र केही खालका माछामा उच्च मात्रामा प्युरिन पाइन्छ । धेरै मात्रामा यसको सेवन गर्नाले युरिक एसिडको स्तर बढ्न सक्छ ।

    बोटबिरुवाबाट पाइने प्रोटिन – दाल, राज्मा, चना, पालुङ्गो, च्याउ, आदिमा पनि प्यूरिन पाइन्छ । तर, सामान्यतया जनावरबाट पाइने प्रोटिन भन्दा बोटबिरुवाबाट पाइने प्रोटिन सेवनका कम जोखिम हुन्छन् ।

    त्यसकारण, प्रोटिनको सेवन सीमित गर्नुहोस् । विशेष गरी मासु र समुद्री खानाबाट पाइने प्रोटिनको सेवन कम गर्नुपर्छ । धेरै मात्रामा यसको सेवन गर्नाले शरीरमा प्युरिनको स्तर बढ्छ, जसले गर्दा युरिक एसिडको स्तर बढ्न सक्छ ।

    युरिक एसिड बढ्दा देखिने लक्षणहरू

    जोर्नी गम्भीर दुखाइ र सुन्निने : 

    यो युरिक एसिडको सबैभन्दा सामान्य लक्षण हो । यो दुखाइ प्रायः रातमा वा उठ्ने बित्तिकै अचानक सुरु हुन्छ । दुखाइ ठुलो औँलाको जोर्नीमा हुन्छ, तर गोलीगाँठो, घुँडा, गोलीगाँठो, नाडी र औँलाहरूमा पनि हुन सक्छ । प्रभावित जोर्नी रातो, सुन्निएको र छुँदा अत्यन्तै तातो हुन सक्छ ।

    जोर्नी कडा हुने : 

    बढेको युरिक एसिडको स्तरले जोर्नीको चाललाई असर गर्न सक्छ । मान्छेलाई हिडडुल गर्न गाह्रो हुन सक्छ र जोर्नी अररो भएको महसुस हुन सक्छ ।

    छाला चिलाउने : 

    जब युरिक एसिड क्रिस्टलहरू छालामुनि जम्मा भएर बस्छन्, यसलाई टोफी भनिन्छ । यी सेतो वा मोतीजस्ता दाग वा गाँठोको रूपमा देखा पर्न सक्छन् । यस्ता दाग सामान्यतया औँला, कान, कुहिनो वा घुँडामा देखिन्छन् । यस्ता दाग वरपरको छाला चिलाउने र पोलेको महसुस हुन सक्छ ।

    थकान र बेचैनी : 

    सुन्निने र दुखाइले गर्दा व्यक्तिले असामान्य रूपमा थकित र बेचैनी महसुस गर्न सक्छ ।

    मिर्गौलासँग सम्बन्धी समस्या : 

    युरिक एसिडको उच्च स्तरले मिर्गौलामा पनि नकारात्मक असर पार्न सक्छ । यसले मिर्गौलामा पत्थरीको जोखिम बढाउँछ, जसले गर्दा ढाड वा तल्लो पेटमा गम्भीर दुखाइ हुने, पोल्ने रगत बग्ने जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।

    यो जानकारी अनलाइन सामग्रीका आधारमा तयार पारिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend