८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अस्ट्रेलियाका प्रधानमन्त्रीको नयाँ रेकर्डः ६२ वर्षको उमेरमा १६ वर्ष कान्छीसँग बिहे !


जनमञ्च संवाददाता
  • १३ मंसिर २०८२ , शनिबार

  • अस्ट्रेलियाका प्रधानमन्त्रीको नयाँ रेकर्डः ६२ वर्षको उमेरमा १६ वर्ष कान्छीसँग बिहे !

    अस्ट्रेलियाका प्रधानमन्त्री ६२ वर्षीय एन्थोनी अल्बानिजले शनिबार बिहे गरेर देशमा रेकर्ड राखेका छन्। उनी अस्ट्रेलियाको १२४ वर्षे इतिहासमा प्रधानमन्त्री पदमै रहँदा विवाह गर्ने पहिलो नेता बनेका हुन्। प्रधानमन्त्री अल्बानिजले शनिबार आफ्नी पार्टनर ४६ वर्षीया जोडी हेडेनसँग विवाह गरेका हुन्।

    हेडेन वित्तीय सेवामा कार्यरत छिन्। अल्बानिजले उनीसँग फेब्रुअरी २०२४ मा इन्गेजमेन्ट गरेका थिए।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बानिज र हेडेनले सोमबारदेखि शुक्रबारसम्म हनिमुन मनाउनेछन्। जसको सम्पूर्ण खर्च उनीहरूले आफ्नै खल्तीबाट गर्नेछन्। यसको अर्थ आफ्नो हनिमुनमा अल्बानिजले सरकारी सहयोग पाउने छैनन्।

    हेडेन वित्तीय सेवामा कार्यरत छिन्। अल्बानिजले उनीसँग फेब्रुअरी २०२४ मा इन्गेजमेन्ट गरेका थिए।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बानिज र हेडेनले सोमबारदेखि शुक्रबारसम्म हनिमुन मनाउनेछन्। जसको सम्पूर्ण खर्च उनीहरूले आफ्नै खल्तीबाट गर्नेछन्। यसको अर्थ आफ्नो हनिमुनमा अल्बानिजले सरकारी सहयोग पाउने छैनन्।

    इन्गेजमेन्टका क्रममा प्रधानमन्त्री अल्बानिज
    इन्गेजमेन्टका क्रममा प्रधानमन्त्री अल्बानिज

    अस्ट्रेलियाली प्रधानमन्त्रीको दोस्रो विवाह

    यो अस्ट्रेलियाली प्रधानमन्त्रीको दोस्रो विवाह हो। उनले सन् २०१९ मा प्रथम पत्नी कार्मेल टेब्बटसँग सम्बन्ध विच्छेद गरेका थिए। यो वैवाहिक सम्बन्ध १९ वर्षसम्म चल्यो। यस सम्बन्धबाट उनीहरूको एक छोरा नाथन छ। अल्बानिज र हेडेनबीच सन् २०२० मा मेलबर्नमा एक व्यावसायिक डिनरमा भेट भएको थियो। हेडेनको पनि दोस्रो बिहे हो। यद्यपि हेडेनको पहिलो विवाह र सम्बन्ध विच्छेदको विवरण सार्वजनिक रूपमा उपलब्ध छैन।

    अविवाहित आमाका छोरा हुन् प्रधानमन्त्री अल्बानिज

    लेबर पार्टीका नेता एन्थोनी अल्बानिजलाई ‘अल्बो’ उपनामले पनि चिनिन्छ। एन्थोनीको जन्म १९६३ मार्च २ मा अस्ट्रेलियाको क्याम्परडाउन सहरको क्याथोलिक परिवारमा भएको थियो। बाल्यकालदेखि नै उनले आफ्नी आमालाई मात्र देखे, बुबालाई देख्न पाएनन्। जब उनले आफ्ना बुबाबारे सोधे तब उनलाई भनियो कि उनकी आमा विदेश यात्रामा जाँदा उनका बुबासँग भेट भयो अनि बिहे गरिन्। तर अस्ट्रेलिया फर्किने क्रममा कार दुर्घटना हुँदा उनका बुबा बिते। अल्बानिज यही कुरा पत्याएर हुर्किए।

    आफ्नी आमा मारियन एलेरीसँग एन्थोनी अल्बानिज। उनकी आमा सन् २००२ मा बितेकी थिइन्।
    आफ्नी आमा मारियन एलेरीसँग एन्थोनी अल्बानिज। उनकी आमा सन् २००२ मा बितेकी थिइन्। तर एन्थोनी १४ वर्षका भएपछि एक साँझ उनकी आमाले वास्तविक कुरा बताइन्। उनले वास्तवमा आफू अविवाहित नै रहेको बताइन्। उनले इटालीमा एक जना पुरुषलाई भेटेकी थिइन्, जोसँग शारीरिक सम्बन्ध राखिन् र गर्भवती भइन्।

    भिडिओ:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend