म्याग्दी/जिल्लाको धवलागिरी गाउँपालिका–१ गुुर्जामा ६ बर्षपछि बाख्लो हिमपात भएको छ । समुन्द्री सतहदेखि २६ सय २३ मिटरको उचाईमा रहेको गूर्जामा लामो समयपछि हिमपात हुदाँ स्थानीय उत्साहित भएका छन् ।
गूर्जा हिमाल, चुरेन हिमाल सहित लस्करै रहेका हिमश्रृंखलाको काखमा रहेको गूर्जामा लामोसमयदेखि हिमपात भएको थिएन । हिमपात भएपछि खेतीपातीलाई सहज भएको स्थानीय कृषक गोर्खा छन्त्यालले बताए । ६ वर्ष अगाडी हिउँ जमेर नपग्लिदा स्थानीयले फोडेर समेत यात्रा गर्नुपर्ने बाध्यता थियो । पछिल्लो समय गूर्जा क्षेत्रमा सडक सञ्जाल पुगेपछि सहज भएको छ ।
हिमपातका कारण चरन क्षेत्रमा घासँ फैलिने, खेतीपातीमा देखिने विभिन्न रोगको प्रकोप तथा माटोमा चिस्यान हुदाँ उत्पादन बढ्ने कृषक छन्त्यालको भनाई छ । गुर्जासहित म्याग्दीको उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । जिल्लाको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानी सहित खोप्रा लगायतका क्षेत्रमामा बुधबार हिमपात भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्यबहादुर थापाले बताए । हिमपातका कारण चिसो हवात्तै बढेको छ । माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बर्षाका कारण जनजिवन प्रभावित भएको छ ।