८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सुदूरपश्चिमको लगातार पाँचौं जित, रोकिएन जनकपुरको हारको श्रृंखला


जनमञ्च संवाददाता
  • १३ मंसिर २०८२ , शनिबार

  • सुदूरपश्चिमको लगातार पाँचौं जित, रोकिएन जनकपुरको हारको श्रृंखला

    काठमाडौँ/ नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो लगातार जितको यात्रालाई पाँचौं खेलमा पनि निरन्तरता दिएको छ। अर्कोतर्फ साविक च्याम्पियन जनकपुर भने लगातार चौंथो खेलमा हार भोग्न बाध्य भयो।

    शनिबार भएको दिनको दोस्रो खेलमा १४ बल बाँकी हुँदै सुदूरपश्चिमले जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गर्‍यो।

    ६ विकेटको प्रभावशाली जित निकाल्ने क्रममा सुदूरपश्चिमका लागि युवा ब्याटर इशान पाण्डेले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा विनोद भण्डारीले ४२ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १० रन बनाउँदा हर्मित सिंहले २५ रन बनाए।

    जनकपुरका लागि माज सदिकले २ विकेट लिँदा सञ्जय कृष्णमूर्ति र आदित्य महताले १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जन निकोल लोफ्टी-इटनले ३९ रन बनाए।

    त्यस्तै, आदित्य महताले १५ रन बनाउँदा मजा सदाकले १२ रन बनाए। त्यस्तै, आजको खेलमा कप्तानी गरेका वायनी पर्नेलले १४ रन बनाए। सुदूरपश्चिमका लागि अभिनाश बोहराले ४ विकेट लिँदा स्कट कुग्लिङले ३ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend