८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कालीका सहकारीको वार्षिक साधारणसभाः नीति र विधीमा चल्न जोड


जनमञ्च संवाददाता
  • १३ मंसिर २०८२ , शनिबार

  • कालीका सहकारीको वार्षिक साधारणसभाः नीति र विधीमा चल्न जोड

    बागलुङ/गण्डकी प्रदेशसभाका पुर्व सदस्य इन्द्रलाल सापकोटाले सहकारी ऐनलाई उल्लंघन गरेर व्यक्तिवादी जनताको रकम दुरुपयोग गर्नेले सहकारी क्षेत्रलाई बदनाम बनाएको बताएका छन् । उनले जनताको सम्पत्ति खान पल्केकाहरुबाट सहकारी बचाउनुपर्ने बताए ।

    गण्डकी प्रदेशकै जेठो सहकारीको रुपमा स्थापना भएर विभिन्न सहकारी मर्ज गरिसकेपछि बनेको कालीका सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा उद्घाटन गर्दै सापकोटाले नियम अनुसार कारोवार स्वस्थ्य भएन भने जनताको बचत हिनामिना हुने बताए । उनले राज्यले पनि हरेक सहकारीको अनुगमन प्रभावकारी बनाउनुपर्ने सुझाए ।

    आम शेयर सदस्यले पनि व्याजको लोभमा सम्पत्ति धरापमा लगानी गर्न नहुने उनको सुझाव थियो । शिवशिखर सहकारी र इमेज सहकारीमार्फत सयौं नागरिक पीडित भएको प्रसंग कोट्याउँदै उनले बचतकर्ताले पनि जानेर बुझेर कारोवार गर्नुपर्ने बताए । जनताको रकम ठग्नेहरु अहिले पनि कतिपय जेलमा पुगेका छन् भने कतिपय फरार बन्नुपरेको उनको भनाइ थियो ।

    २०३२ सालमा स्थापना भएको कालीका सहकारी संस्था मर्ज पछिको आठौं साधारणसभामा आइपुगेको हो । सहकारीले पछिल्लो समय उत्पादनमा शेयरसदस्यलाई जोड्ने लक्ष्य बनाएको अध्यक्ष हिमाल प्रसाद शर्माले बताए । उनले सहकारी डुवाउने खेलमा भन्दा शेयरसदस्यलाई उद्यमशिल बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

    शनिबार भएको साधारणसभामा संस्थाका सल्लाहकार हरिनारायण गौतम, जगदिशचन्द्र उपाध्याय, सूर्य महत र केवी रानामगरले शुभकामना दिएका थिए । उनीहरुले बैंकसँग प्रतिष्पर्धा गर्ने सहकारी भन्दा उत्पादनमा प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए । साथै शेयर सदस्यको खुसीमा काम गर्नुपर्नेमा संचालकको खुसीमा नलाग्न सुझाव पनि दिए ।

    कालीका सहकारी संस्थाका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र गीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक राजकुमार पौडेल, सचिवको प्रतिवेदन भूपाल चालिसे र कोषाध्यक्षको प्रतिवेदन संचालक शालिकराम शर्माले प्रस्तुत गरेका थिए ।

    तत्कालिन जनता सहकारी, धौलागिरि सहकारी, हिमशिखर सहकारी र रामरेखा सहकारी मिलाएर आठ वर्षअघि कालीका सहकारी बनेको थियो । ६ सय ७९ शेयर सदस्य रहेको कालीका सहकारीमा गत असार मसान्त सम्ममा १३ करोड ९० लाख बचत संकलन गरी ४ करोड १५ लाख ऋण लगानी गरिएको छ । चालुबर्ष ३२ करोड २२ लाख ३९ हजार रुपैयाँ कारोवार गर्ने सहकारीको लक्ष्य छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend