१० भाद्र २०८३ , बुधबार

१० भाद्र २०८३ , बुधबार
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोटेकोशीको बाढी मुग्लीनतर्फ आँउदै नदि सिमानाका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह


जनमञ्च संवाददाता
  • १० भाद्र २०८३ , बुधबार

  • भोटेकोशीको बाढी मुग्लीनतर्फ आँउदै नदि सिमानाका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

    रसुवाबाट सुरु भएको आकस्मिक भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै अहिले मुग्लीन तर्फ बढेकाे छ ।

    नेपाल प्रहरीकाे जानकारी अनुसार धादिङकाे गल्छी अासपास बाढी अाइपुगेकाे छ । अबकाे केहि समयमा मुग्लीनतर्रफ अाइपुग्ने हुनाले सबैलाइ सचेत रहन अाग्रह गरिएकाे छ ।

    जसले पृथ्वी राजमार्ग, मुग्लीन– नारायणाघाट राजमार्ग संगै त्रिसुली नदीमा समेत जाेखिम बढेकाे छ ।

    बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानी अचानक भोटेकोशीमा प्रवेश गरेपछि टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। बाढीले टिमुरे बजार, बस्ती तथा भन्सार क्षेत्रका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे र मेलुङका प्रहरी युनिटमा समेत क्षति पुगेको छ भने केही प्रहरी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

    बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत उच्च जोखिम बढेको हाे। बाढी नुवाकोटको बिदुर क्षेत्रभन्दा तलसम्म पुगेको र त्रिशूली नदी आसपासका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। त्रिशूली र मर्स्याङ्दी नदीको संगमस्थल मुग्लिन आसपासलाई समेत अत्यन्त उच्च जोखिम क्षेत्रका रूपमा हेरिएको हाे।  यसैबीच धादिङ प्रशासनले त्रिशूली नदी आसपास नजान र सम्भावित जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ। सडक यातायातमा समेत असर पर्न सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ।

    उद्धार तथा राहतका लागि नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा परिचालन भएको छ। सरकारले उद्धार तथा राहतका लागि हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ। बाढी असामान्य रूपमा अचानक आएको भएकाले यसको स्रोतबारे अझै यकिन भइसकेको छैन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend