५ असोज २०८३ , सोमबार

५ असोज २०८३ , सोमबार
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

एचपिभी खोपको जिम्मा पालिकालाई


जनमञ्च संवाददाता
  • १ असोज २०८३ , बिहिबार

  • एचपिभी खोपको जिम्मा पालिकालाई

    बागलुङ/यस वर्ष बागलुङका २ हजार १ सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्वको (एचपिभी) खोप लगाइने भएको छ ।

    असोज महिनाको दोस्रो हप्ताभित्र दुई चरणमा गरी विद्यालय जाने कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । गलकोटका २ सय ६६, जैमिनीका १ सय ८५, ढोरपाटनका ३ सय ५०, बागलुङ नगरपालिकाका ४ सय ६७, काठेखोलाका १ सय ३३, तमानखोलाका ९५, ताराखोलाका ६०, निसीखोलाका २ सय ५१, बडिगाडका ३ सय ४ र बरेङ गाउँपालिकाका ७८ जना किशोरीलाई एचपिभी खोप लगाइने छ ।

    यो वर्ष विद्यालय बाहिर रहेका ९ जना किशोरीलाई घरमै पुगेर खोप दिइने छ । एचपिभी खोप लगाउनेबारे जनस्वास्थ्यले जिल्लाका दशवटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । खोप लगाउनुपूर्व पालिकामा स्वास्थ्य संस्थाका प्रमुख र वडास्तरमा स्वास्थ्यकर्मीबीच अभिमुखीकरण कार्यक्रम हुनेछ ।

    ‘यो वर्ष एचपिभी खोप लगाउने जिम्मा स्थानीय तहलाई जिम्मेवारी दिएका छौं’, खत्रीले भने, ‘लक्षित किशोरीलाई खोपमा समेट्न स्वास्थ्यकर्मीहरु विद्यालय र घरघरमा पुग्ने छन् ।’ जनस्वास्थ्य कार्यालयले दक्षिण बागलुङका दुई पालिका जैमिनी र बरेङका लागि खोप पठाइसकेको छ भने अन्य पालिकामा पठाउने तयारी गरेको छ ।

    खोपका लागि हरेक पालिकामा समय तालिका बनाइएको छ । गलकोट नगरपालिकामा असोज ४ देखि ७ र ताराखोला गाउँपालिकामा असोज ४ देखि ७ गतेभित्र एचपिभी खोप लगाइने छ । असोज दोस्रो हप्तादेखि बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङ, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका खोप लगाइने छ ।

    आर्थिक वर्ष २०८१÷०८२ मा १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १ सय ७७ जना र गत वर्ष कक्षा ६ मा पढ्ने बाहेक १० वर्ष उमेर समूहका गरी ३ हजार ३ सय २ जना किशोरीलाई खोप लगाइएको थियो । यस वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ । एचपिभी खोप अभियनमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई जोड्न स्वास्थ्यकर्मीले घरदैलो गर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend