ब्रत र उपवास पर्यायवाची शव्द जस्ता देखिन्छन् तर तिनको अर्थ फरक छ ।
आज समस्त हिन्दुहरुको पर्व ‘महाशिवरात्रि’ जताततै देवाधिदेव महादेवका शक्ति पीठहरु ( शिव मन्दिर, शिवलिंग) मा भक्तजनहरु मात्र होइन, पुजारी, जटाधारी सन्त महन्तको उपस्थितिले जो कोहीको ध्यानाकर्षण नहुने कुरै भएन । के यी सबै निराहार रहेका ब्रतालु होलान त ? निराहार बसेर ब्रत गर्ने मात्र मन्दिरमा पूजाआजाका लागि गएका अवश्य होइनन् । न त त्यहां को शुद्ध भएर निराहार ब्रत बसेको भन्ने कुनै आधार हुन्छ, न कुनै प्रतिबन्ध ।
केवल धार्मिक मान्यता ब्रतालु वा भक्तालुको स्वविवेकमा सबै स्वतन्त्र हुनुहुन्छ । कसैलाई सोध्ने कुरा पनि हुँदैन र रोक्न पनि पाइँदैन । किनकि, भगवानको शरणमा जान सबै प्राणीको अधिकार छ । जुठो ∕ सूतकमा रहेका व्यक्ति जानु हुदैन भनिन्छ तर, जाने नजाने उनैको विवेकमा भर पर्छ । यहां व्यक्तिले आफ्नो मनोकांक्षा पूरा गर्न वा ईच्छित कार्य सफलताका लागी धार्मीक अनुष्ठान वा ब्रत ∕ उपवासको आवश्यकता र फाइदा र बेफाइदाका सम्बन्धमा संक्षिप्त विवेचना गरौं ।
समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको मिति २०७७ कार्तिक २२ गते गोरखापत्र अनलाइनमा प्रकाशित एउटा लेखबाट यससम्बन्धी सामाग्री साभार गरिएको छ । उनका अनुसार, नियमको पालना, अनिष्ठान, प्रतीज्ञाको पालना, प्रतिज्ञाद्वारा सम्पन्न गरेर लिईने ब्रत शारीरिक कष्ठ सहेर गरिने उपवास हो । म यसो गर्छु भनेर चिताउनु नै ब्रत हो । यसलाई व्यक्ति विशेषको मानसिक कृया पनि भनिन्छ । ब्रत स्नुलाई ब्रतानुष्ठान वा ब्रतचर्या भनिन्छ । ब्रत र उपवास पर्यायवाची शव्द जस्ता देखिन्छन् तर तिनको अर्थ फरक छ । उपवासको अर्थ–केही नखाई बस्ने वा निराहार बस्ने हो ।
उपवास ब्रतको एक अंग मात्र हो । हरेक धर्मले सुख प्राप्ति, दुःख निवृत्ति र मानव कल्याणका लागि अनेक उपाय बताएका छन् । तीमध्ये एक ब्रत हो (मनुस्मृति २÷३) ‘संकल्पमुल कामो वै यज्ञा संकल्प संभवा ! ब्रतानी यम धर्मश्च सर्वे संकल्पजा स्मृता !!’ अर्थात संकल्प सबै इच्छाको मूल हो । सबै यज्ञ संकल्पबाट उत्पन्न हुन्छन् । ब्रत, धर्म र यम संकल्पका उपज हुन । वास्तवमा ब्रत भनेको धर्म शास्त्रले बनाएको नियम हो । यसलाई तपस्या पनि भनिन्छ । हरेक धर्म र सम्प्रदायका मानिस आ–आफ्नो धर्म, रीतिरिवाज र परम्परा अनुसार ब्रत बस्छन् ।
त्यसैले ब्रतलाई धर्मको आधार, साधना वा माध्यम पनि भनिन्छ । ब्रतको तात्पर्य ईन्द्रीयलाइ बसमा राख्नु हो । हाम्रा ५ इन्द्रीय मध्य एउटा जननेन्द्रीय वा कुनै ईन्द्रीय मात्र बसमा राख्न सकिएन भने ब्रत भङ्ग भएको मानिन्छ । ब्रतमा संयम, संकल्प र नियम हुन्छन् । कुनै कार्यमा सफलता प्राप्त गर्न संकल्प र नियमको आवश्यकता पर्दछ । संकल्पबाट नै नियम प्राप्त हुन्छ । संकल्प जति दृढ हुन्छ मानिस त्यति नै संयमित भएर जिवन यापन गर्न सक्छ । त्यसैले संकल्पपूर्वक गरिएको कर्म नै ब्रत हो भनिन्छ ।
ब्रत किन बसिन्छ ? भन्दा मानिस स्वयमको कल्याण, सुखद जिवन र मनोकामना पुर्णताका लागि ब्रत बसिन्छ । ब्रताधिकारी को हो ? भन्ने प्रश्नको जवाफमा पनि क्षमा, दया, दान, शौच (पवित्रता) , इन्द्रिय बिग्रह, वा संयंम, अस्तेय ( चोरी नगर्ने काम), सन्तोष, हवन र देवपूजा गरी १० प्रकारका सामान्य धर्म पालना गर्ने कार्यमा प्रतिवद्ध भएर लागिरहने, सात्विक भोजन, निष्ठावान कर्तव्यनिष्ठ, आडम्बर∕अहंकाररहित, समदर्शी, ज्ञानी र सत्यवादी व्यक्ति नै चिताएको कार्य पूरा गर्न सक्ने, नियममा बस्न सक्ने व्यक्ति मात्र ब्रताधिकारी हुन सक्छ भनेर प्रष्ट्याएका छन् ।
यसर्थ, हामीले व्यक्तिगत वा सामाजिक धार्मीक, सामाजिक तथा सांस्कृतिक कार्यमा गरिने ब्रत, वपासनालाई आवश्यक तथा फाइदाका दृष्कोणबाट मनन गर्दै हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण, पालना र विवेचना गर्दै जान आवश्यक छ । अशक्त, दीर्घरोगी, वृद्ध तथा बालबालिकालाई ब्रत बस्नु नपर्ने कुरा धर्म बिज्ञान तथा स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको छ भने सूतक परेका अवधीमा अरु धार्मिक कार्य निषेध गरिएको छ । सूतक नपरेका बखत केवल निरोगी, प्रौढ र युवा अवस्थाका व्यक्तिले उपासना सहित ब्रत गर्न सक्ने कुरा धार्मिक, स्वास्थ र व्यवहारिक हिसाबले पनि उपयुक्त मान्न सकिन्छ । निराहार ब्रत बस्न नसक्नेले जल, फलफूल, कन्दमुल, दुध, र गुरुहरुले अनुमोदन गरेका बस्तु खाएर ब्रत बस्न पाउनुलाई कट्टर धार्मिक नियम नभनेर केही सुविधाजनक व्यवहारिक नियम मान्न सकिन्छ ।
ब्रत ∕ उपवासका फाइदाहरु
व्यक्तिगत अनुभव र ब्रतालु एवं धार्मिक व्यक्तित्वका विविध कृयाकलाप अध्ययन गर्दै जाँदा अहिलेको समयमा कडा प्रतिबन्धसहित लागू हुदै गरेका नियम कानूनका पूर्वाधार वा श्रोतसमेत रहेका धार्मिक आचरण तथा नियमहरु धर्म बिज्ञानका रुपमा परिभाषित र प्रमाणित हुदै जानुका साथै योगाभ्यास र उपवास (फास्टिङ्ग) लगायतलाई दैनिक जीवनको नियमित कर्मका रुपमा लागु गर्दै जानु पर्ने अवस्थामा यसका फाईदा र महत्वलाई पनि बिर्सन सकिँदैन ।
जस्तै: प्रौढ र युवा अवस्थाका कतिपय व्यक्तिले कार्य व्यस्तता, समय र अधिक सुविधा उपलव्धीका कारण अनियमित भोजन गर्दा उच्च रक्तचाप ∕ मुटुरोग, मोटोपना बढ्दै जाने, अलजाइमर , पार्किन्सस जस्ता रोग लाग्ने गरेको स्थितिबाट मुक्त हुँदै स्वास्थलाभ गर्न सक्छन् । व्यस्त समयका बीचमा खाली समय र बिदाको सदुपयोग गर्दै, नियमित योगाभ्यास, धार्मिक ब्रत अनुष्ठान गर्दै जाँदा भोजनका कारण मात्र होइन, थकान र चिन्ताका कारण प्रेसरलेग्रसित व्यक्तिको मानसिक र शारीरिक स्थितिमा सकारात्मक परिवर्तन आएर ऊ निरोगी मात्र महसुस गर्दैन आफ्नो दैनिकिलाई व्यबस्थित गर्दै जान सक्छ ।
हामीले दैनिक जीवनलाई उर्जामय बनाउन सफलता र धन कमाउने मात्र होइनm स्वस्थ रहँंदै थप सफलताका लागि उर्जा उत्पादन गर्न हामीलाई घरपरिवार, समाज र सांस्कृतिक विविधताले प्रत्यक्ष सहयोग पु¥याएको हुन्छ । ब्रत अनुष्ठानका नाममा शिवलीले मन पराउने भाङ धतुरो सेवन नगरौं, शिवजीलाई मन पर्छ र उपलव्ध छ भने उहाँलाई नै चढाएर अशीर्वाद प्राप्त गरौं । महाशिवरात्री पर्वको शुभकामना ।