९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङमा औलोका बिरामी शुन्य, संक्रमणको जोखिम भने उच्च


जनमञ्च संवाददाता
  • १४ बैशाख २०८१ , शुक्रबार

  • बागलुङमा औलोका बिरामी शुन्य, संक्रमणको जोखिम भने उच्च

    बागलुङ, १४ बैशाख– जिल्लामा ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ मनाईएको छ ।
    औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोबारे विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म सचेतना फैलाउने उद्देश्यले विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
    जिल्लामा औलोका बिरामी शुन्य रहेपनि लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । छिमेकी मुलुक भारत औलोको उच्च जोखिममा रहेको, बागलुङमा भारत प्रवासमा रहने धेरै भएकाले आयातित औलोको जोखिम औंल्याईएको हो ।
    चालु आवमा तीन हजार एक सय ८४ जनामा परीक्षण गरिएकोमा कसैमा पनि औलो पुष्टि भएको थिएन् । बागलुङमा २०७६÷७७ मा कोरोना महामारीका बेला भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका एक जनामा औलो पुष्टि भएको थियो । त्यो बाहेक हालसम्म जिल्ला सुन्य औलोको अवस्थामा रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।
    बिशेषगरी अफ्रिकी मुलुकबाट आउनेमा औलोको जोखिम बढी हुने, औलोको लक्षण देखिए पनि परीक्षण नगरी घरमै बस्दा संक्रमण फैलिने जोखिम बढी हुने शर्माले बताइन् । ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटी थकान महसुस भए औलों परीक्षण गर्न उनको आग्रह छ ।
    एनोफलिज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा औलो सर्ने गर्दछ । संसारमा चार सय जातका एनोफलीज लामखुट्टेहरु पाईने तथ्यांक छ । प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहेक प्रमाणित भएका छन् भने नेपालमा हालसम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन् । ती मध्ये एनोफीलीज मिनिमस, एनोफलीज् फ्लूभियाटिलीज, एनोफलीज माय्कुलाटस् कम्प्लेक्स, एनोफलीज एनुलारीज् गरी चार जातले मात्र औलो सार्ने गर्दछ ।
    औलोबाट बच्न स्वास्थ्य कार्यालय बागलुङले बिभिन्न सचेतनामुलक कार्यक्रम, खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्दै आएको छ । सचेतना कार्यक्रममा लक्ष्मी शर्मा र कमला थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले औलो ज्वरोको औषधि निःशुल्क उपलब्ध गराईदै आएको छ ।
    औलोबाट बच्नका लागि घर, गाउँ, समुुदाय सफा राखि लामखुट्टेले फुुल पार्ने ठाउँहरुलाई समाप्त पार्ने, लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता सन्देशहरु स्वास्थ्य कार्यालय बागलुङले दिएको छ । नेपाललाई सन् २०२५ सम्म औलोमुक्त बनाउने सरकारको योजना रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend