९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यू १४ फुटबलको उपाधि शिशुकल्याण र त्रिभुवनलाई


जनमञ्च संवाददाता
  • २१ भाद्र २०८२ , शनिबार

  • यू १४ फुटबलको उपाधि शिशुकल्याण र त्रिभुवनलाई

    पोखरा/जिल्लास्तरीय एन्फा यू १४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि शिशु कल्याण विद्यालय र त्रिभुवन शान्ति माविले जितेका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार फाइनलमा छात्रतर्फ शिशु कल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु कल्याणका लागि सुमन घर्ती मगरले पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुङले एक एक गोल गरे । उपाधिसंगै शिशु कल्याणले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता गण्डकीले २५ हजार रुपैयाँ पायो ।

    यसैगरी, छात्रातर्फ पोखराको खुँदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसक्दा खेल सिधैँ टाइब्रेकरमा पुगेको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए । ५÷५ प्रहारमा बराबरी २ गोल भएपछि खेल सडन डेथमा पुगेको हो । दुबैतर्फबाट दुबै प्रहार गोलमा परिणत हुन नसकेपछि सातौं तथा अन्तिम प्रहार प्रतिमा पोखरेलले गरेकी हुन् । बलले जाली चुम्दा जुन निर्णायक बन्यो । उपाधिसँगै त्रिभुवन शान्तिले २० हजार र उपविजेता सैनिकले १० हजार रुपैयाँ प्राप्त ग¥यो ।

    प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी रश्मी रिजाल र शिशु कल्याणका सुमन घर्ती मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ रिजाल सर्वोत्कृष्ट हुँदा सैनिककै सन्सुभा थापा मगर उच्च गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ९ गोल गरिन् । त्रिभुवन शान्ति माविकी सोनम सुवेदी उत्कृष्ट गोलरक्षक, त्रिभुवनकै भीमकुमारी पुन उत्कृष्ट मिडफिल्डर, त्रिभुवनकै प्रतिमा पोखरेल उत्कृष्ट डिफेन्डर घोषित हुँदा त्रिभुवनकै रोमन थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।

    छात्रतर्फ गण्डकी बोर्डिङका वियोन गुरुङ उत्कृष्ट गोलरक्षक, गण्डकीकै सौरभ फडेरा उत्कृष्ट डिफेन्डर घोषित हुँदा शिशु कल्याणका दिपेश काफ्नो उत्कष्ट मिडफिल्डर, सुरेश गाहा उत्कृष्ट फरवार्ड, शक्ति बोहोरा उच्च गोलकर्ता ( कुल १२ गोल) र सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैलाई आकर्षक पुरस्कार प्रदान गरियो । गत १२ भदौदेखि सुरू भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमले भाग लिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend