८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

संविधान दिवसको अवसरमा बिरामीलाई फलफूल बितरण


जनमञ्च संवाददाता
  • २ असोज २०८२ , बिहिबार

  • संविधान दिवसको अवसरमा बिरामीलाई फलफूल बितरण

    बागलुङ/संविधान दिवसको अवसरमा उच्च अदालत बार इकाई बागलुङले धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । संविधान दिवस मुल समारोह समितिले तीन दिनसम्म दिवश मनाउने निर्णय गरेअनुसार बारले फलफूल बितरण गरेको हो । मुल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विविध कार्यक्रममार्फत दिवस मनाउन लागेको बताए ।
    २०७२ साल असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । कार्यक्रममा नागरिकको स्वास्थ्यको अधिकारलाई संविधानले सम्बोधन गरेकोले ती बिषयमा सरोकारवालाले कार्यान्वयनको क्षेत्र हेर्नुपर्ने बताए ।
    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पतालले दिएको सेवाबारे जानकारी दिए । उच्च अदालत बार इकाई बागलुङकी अध्यक्ष गीता श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा वरिष्ठ अधिवक्ताहरु, बारका पूर्व अध्यक्ष समेतको सहभागिता थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend