२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

मुस्ताङमा मनाईयो विश्व पर्यटन दिवस


जनमञ्च संवाददाता
  • ११ असोज २०८२ , शनिबार

  • मुस्ताङमा मनाईयो विश्व पर्यटन दिवस

    मुस्ताङ / धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा शुक्रबार विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जोमसोम र लोमान्थाङमा कार्यक्रम आयोजना गरी दिवस मनाएको हो।

    जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल अर्पण गरी स्वागत गरिएको थियो। घरपझोङ गाउँपालिका(३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आएका विदेशी पर्यटकलाई बाजागाजासहित भव्य स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए।

    उनका अनुसार एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको सहकार्यमा पर्यटन दिवस मनाइएको हो। कार्यक्रममा इन्द्रबक्स गणका कलाकारले समेत पर्यटकलाई बाजागाजासहित स्वागत गरेका थिए।

    यस्तै, थासाङ गाउँपालिका ४ घाँसास्थित एक्याप चेकपोस्टमा सडकमार्गबाट मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई पनि स्वागत गरिएको थियो। लोमान्थाङमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, जनप्रतिनिधि, नागरिक र सुरक्षाकर्मीको सहभागिता थियो।

    कार्यक्रममा पर्यटकसँग संवाद गर्दै मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यबारे जानकारी गराइएको कार्यालय प्रमुख उमेश पौडेलले बताए।

    गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण प्रभावित बनेको यहाँको पर्यटन व्यवसायमा अहिले पुनः सक्रियता देखिन थालेको छ। शुक्रबारदेखि पोखरा(जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ।

    समिट एयरलाइन्सले आज मात्रै तीन उडान भरेर तेस्रो मुलुकका पर्यटक जोमसोम ल्याएको स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिए। उनका अनुसार, हवाई सेवा सञ्चालनसँगै स्थानीय पर्यटन व्यवसायीमा आशा पलाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend