८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

दसैंका तीन नेपाली फिल्मः कसले कति कमाए ?


जनमञ्च संवाददाता
  • २२ असोज २०८२ , बुधबार

  • दसैंका तीन नेपाली फिल्मः कसले कति कमाए ?

    बागलुङ / दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीन नेपाली फिल्मले बक्स अफिसमा कुल ९ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्।

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ८ दिनको बक्स अफिस रिपोर्टअनुसार तीन फिल्मले कुल ९ करोड १० लाख ८८ हजार १०३ रूपैयाँ कमाइ गरेका हुन्।

    तीनवटामध्ये सन्तोष सेन निर्देशित ‘बलिदान’ ले सबैभन्दा धेरै व्यापार गरेको छ। सोमबार रातिसम्मको विवरणअनुसार यो फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

    त्यस्तै, दीपेन्द्र के. खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १६० रूपैयाँ कमाएको छ। मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’ को कमाइ २ करोड १३ लाख ६४ हजार ६९२ रूपैयाँ रहेको छ।

    ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ असोज १३ गते एकसाथ रिलिज भएका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend