८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गण्डकीमा महिला मतदाता बढी


जनमञ्च संवाददाता
  • २९ पौस २०८२ , मंगलबार

  • गण्डकीमा महिला मतदाता बढी

    पोखरा / आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

    जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । गोरखामा एक लाख १४ हजार ८३७ पुरुष र एक लाख १४ हजार २२० महिला मतदाता कायम भएका छन् । मनाङमा तीन हजार ३७७ पुरुष र तीन हजार ६२३ महिला मतदाता छन् । लमजुङमा ६७ हजार छ सय पुरुष र ६९ हजार ५२४ महिला, कास्कीमा एक लाख ४८ हजार ५१५ पुरुष र एक लाख ६० हजार ११५ महिला मतदाता छन् ।

    यस्तै तनहुँमा एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला, स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष र एक लाख २६ हजार ३५१ महिला मतदाता रहेका छन् । नवलपुरमा पुरुष मतदाताको सङ्ख्या एक लाख २९ हजार ५४ छभने महिला मतदाताको सङ्ख्या एक लाख ३९ हजार ४६८ छ । मुस्ताङमा पाँच हजार ५५९ पुरुष मतदाता, महिला पाँच हजार ७६८, म्याग्दीमा ४२ हजार ३०२ पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेका छन् ।

    बागलुङमा ९४ हजार ८०६ पुरुष मतदाता छन्भने महिला मतदाताको सङ्ख्या ९८ हजार ५७४ रहेको छ । पर्वतमा ६२ हजार छ सय पुरुष र ६२ हजार ८६५ महिला मतदाता कायम भएका छन् । महिला र पुरुषबाहेक अन्य मतदाताको सङ्ख्या १४ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छ ।

    निर्वाचनका लागि प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गोरखामा २२५, स्याङ्जामा १९९, कास्कीमा १५३, तनहुँमा १४४, लमजुङमा १३०, नवलपुरमा ११४, बागलुङमा १०७, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend