बागलुङ / प्रतिनिधी सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाएका छन्। नेकपा (एमाले) की मञ्जु चालिसेले ७ हजार ८६४ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाए । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।