८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘जेन-जी’को आन्दोलनलाई बालेन र प्रकाश सपुतसहितको समर्थन


जनमञ्च संवाददाता
  • २२ भाद्र २०८२ , आइतबार

  • ‘जेन-जी’को आन्दोलनलाई बालेन र प्रकाश सपुतसहितको समर्थन

    काठमाडौं / ‘जेन-जी’ पुस्ताले सोमबार राजधानीमा आन्दोलन गर्ने भएको छ । सो आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन्। त्यस्तै, सामाजिक सञ्जालमा नायक अनमोल केसी, गायक प्रकाश सपूतलगायतले पनि उनीहरुको आन्दोलनलाई समर्थन गरेका छन्।

    बालेनले ‘जेन-जी’को आन्दोलनमा समर्थन गर्दै गरेको पोस्टमा सामाजिक सञ्जाल प्रतिबन्धका बाबजुद ४ घन्टामा २ लाख २४ हजारभन्दा बढीले लाइक गरेका छन् भने ऐक्यबद्धता जनाउँदै २२ हजारभन्दा बढीले कमेन्ट गरेका छन्।

    नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन-जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन्।

    रास्वपाका कतिपय नेताहरू यसको पक्षमा रहेको बताइए पनि खुलेर कसैले पनि यसको समर्थनमा अभिव्यक्ति दिएको छैन।

    राजसंस्थापक्षधर व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनमा समर्थन रहेको बताए पनि स्रोतका अनुसार आन्दोलनको नेतृत्वले उनलाई फोन गरेर आन्दोलनमा नआउन आग्रह गरेको छ।

    नायक अनमोल केसीले पनि समर्थनमा सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाएका छन् भने गायक प्रकाश सपूतले आफ्ना दुई भाइहरूलाई २५/२५ हजार रुपैयाँ दिएर आन्दोलनमा पानी बाँड्न आग्रह गरेको छन्।

    जेन-जीको आन्दोलनलाई प्रधानमन्त्री केपी ओलीले भने ‘कानुन बुझेकै होला’ भन्दै धम्की दिएका छन्। उनले केही व्यक्तिको जागिरभन्दा देशको स्वाधीनता महत्त्वपूर्ण भएको भन्दै देशको स्वाधीनताका लागि सामाजिक सञ्जाल बन्दको कदम उठाएको प्रतिक्रिया दिएका छन्।

    उता सञ्चार मन्त्रालयले भने चार दिनसम्म कोही पनि विदेशी कम्पनी दर्ता प्रक्रियामा नआएको बताएको छ भने भिपिएनबाट सामाजिक सञ्जाल नचलाउन उर्दी जारी गरेको छ।

    जेन-जीको सोमबारका लागि घोषित देशव्यापी आन्दोलनलाई थुप्रै युवाहरूले समर्थन गरेका छन् । जेन-जीले सोमबार राजधानीको माइतीघर मण्डलासहित देशका विभिन्न सहरमा शान्तिपूर्ण विरोधमा उत्रन आह्वान गरेको छ।

    यसैबीच, सर्वोच्च अदालत प्रशासनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend