२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

जेनजीलाई समर्थन गर्दा धम्की आउन थाल्यो : दीपकराज गिरी


जनमञ्च संवाददाता
  • २८ भाद्र २०८२ , शनिबार

  • जेनजीलाई समर्थन गर्दा धम्की आउन थाल्यो : दीपकराज गिरी

    काठमाडौं / अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक संजालमा शुक्रबार पोस्ट गर्दै उनले केही दिनअघिदेखि मानिसले आफूलाई धम्काउन थालेको उल्लेख गरे ।

    इनबक्स र कलमार्फत धम्कीहरू आइरहेको जनाउँदै उनले आफूमाथि जेनजीलाई उकासेको आरोप लगाइएको बताए । गिरीले घुमाउरो ढंगले ठूला दलका कार्यकर्ताबाट धम्की आइरहेको संकेत गरेका छन् ।

    २०४६ सालको जनआन्दोलनमा पनि आफू ठूला दलसँगै आन्दोलनमा हिँडेको स्मरण गर्दै उनले जेनजीले उठाएका सुशासन र भ्रष्टाचारका मुद्दामा अहिले पनि आफ्नो समर्थन रहेको बताएका छन् ।

    ‘अस्तीको आन्दोलनमा पनि सबै दोषीमात्रै दण्डित भएनन् । कति निर्दोष मान्छेहरू पनि भिक्टिम हुन पुगेको देखेको छु । यदि तपाईंहरूले धम्की दिएजस्तै भयो भने म पनि त्यो सूचीमा थपिनेछु भनेर चित्त बुझाउनु बाहेक मसँग अन्य विकल्प छैन’ उनले भने ।
    उनी अघि लेख्छन्, ‘होइन भने यहाँबाट सबैले आ-आफ्नो गल्ती महसुस गरेर क्रान्ति, प्रतिक्रान्ति र बदलाका कुरा छाडेर एकजुट भई पुनः मुलुक निर्माणको बारेमा सोच्नुपर्ने कि ?’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend