९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

‘नेपालको यथार्थ ‘परान’ मा झल्किएको छ’


जनमञ्च संवाददाता
  • ३ मंसिर २०८२ , बुधबार

  • ‘नेपालको यथार्थ ‘परान’ मा झल्किएको छ’

    काठमाडौं / पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ‘परान’ हेरेकी छन्। दरबार सिनेप्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया दिंदै शाहले ‘परान’ मा नेपालको यथार्थ भेटिने बताइन्।

    प्रतिक्रिया दिने क्रममा शाह भन्छिन्, ‘अहिलेको अवस्थामा नेपालको यर्थार्थ यही हो। नेपालीहरू बिदेश पलायन भइराखेको छ। परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ।’

    केही आफन्तका साथमा शाह हलमा पुगेकी थिइन्। परान तेस्रो सातामा पुग्दै गर्दा ११ करोडमाथिको ग्रस कलेक्सन गरिसकेको छ। साथै हलमा दर्शकको संख्या अझै उच्च छ।

    दिपकप्रसाद आचार्य निर्देशित ‘परान’ मा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ। रन्जित आचार्य र शेखर गोल्छाकाे लगानीमा चलचित्र बनेकाे हाे।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend