पोखरा / नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको हृदयघातका कारण विहीबार निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । एमाले कास्कीको पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीको बैठकलाई सम्बोधन गरे लगत्तै थापा हार्ट अट्याक भएर ढलेका थिए ।
उनलाई तत्कालै मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । दिउसो ३.३७ बजे चिकित्सकले उनको मृत्युको घोषणा गरेको एमाले गण्डकी प्रचार विभागका सचिव रामजी लम्सालले बताए । उनको शव अस्पतालमा राखिएको छ