बागलुङ/१२ औं संविधान दिशवको अवसरमा धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल बार एसोसिएसन उच्च बार इकाइ बागलुङको आयोजनामा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो ।
संविधान दिवश २०८३ मुल समारोह समितिको आयोजनामा राखिएका विभिन्न कार्यक्रममध्ये बारले अस्पतालका बिरामीको सु–स्वास्थ्यको कामना समेत गरेको छ ।
उक्त अवसरमा बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता र जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापालगायतले बिरामीलाई फलफूल वितरण गरेका थिए ।
अध्यक्ष गिता श्रीषले बताइन् ।
संविधान दिवशको अवसरमा डेंगीविरुद्व सरसफाइ अभियान, दिप प्रज्वलन, अन्तरसम्वाद लगायतका कार्यक्रम सञ्चालन भएको थापाले जानकारी दिए । ती अभियानमा राजनीतिक दल, कर्मचारी, समाजसेवी र नागरिक समाजको समन्वय रहेको बताइएको छ ।
उक्त अवसरमा वार अध्यक्ष गिता श्रीषले संविधानले नागरिकको स्वास्थ्य अधिकारको ग्यारेन्टी गरेकोले सरकारले सो बारेमा चासो बढाउनुपर्ने पनि बताइन् । उनले त्यस बारेका अन्य धेरै कानून बनाउन बाँकी रहेको भन्दै स्थानीय रुपमा अस्पतालको सेवा विस्तारमा भएको कामप्रति धन्यवाद दिइन् ।