१५ असोज २०८३ , बिहिबार

१५ असोज २०८३ , बिहिबार
  • १५ असोज २०८३ , बिहिबार
  • October 1 2026

दरमखोला बाढीले गलकोटका २२ घरमा क्षति


जनमञ्च संवाददाता
  • १५ असोज २०८३ , बिहिबार

  • दरमखोला बाढीले गलकोटका २२ घरमा क्षति

    बागलुङ/दरमखोलामा आएको बाढीले पश्चिम बागलुङको गलकोट नगरपालिकाका २२ घरमा क्षति पु¥याएको छ । नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार बाढीले घर, गोठ तथा विभिन्न व्यवसायमा क्षति पुगेको हो ।

    बाढीले गलकोट नगरपालिका–५ हरिचौर र ६ चरौंदीमा सबैभन्दा बढी क्षति पु¥याएको छ । बाढीले चरौंदीका यमकुमारी सुवेदीको दुई घरमा क्षति पु¥याउँदा बस्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै हरिचौरका दलबहादुर घर्तीको घर तथा गोठमा क्षति पुग्नुका २ रोपनी खेतको धानसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ ।

    हरिचौरकै वीरबहादुर सुनारको घर खोलामा डुबेको, गुम्मा कार्कीको घरको पिल्लरमा क्षति पु¥याउँदा बस्नै नमिल्ने बनेको छ । ‘‘खोला आसपासमा रहेका अधिकांश घरमा बाढीले क्षति गरेको छ’’ गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले भने ।

    बाढीका कारण दरमखोला किनारका होटल तथा रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित भएका छन् । बाढीले चरौंदीस्थित स्काइ म्युजिक रेस्टुरेन्टमा क्षति पु¥याउँदा सञ्चालन गर्नै नसकिने अवस्थामा रहेको छ । गलकोट–३ हटिया बजारस्थित होमबहादुर थापाको रेस्टुरेन्टसहितको स्विमिङ पुलमा समेत बाढीले क्षति पु¥याएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend