बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ५ सिपमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, घर माथिबाट खसेको पहिरोमा पुरिएर सिपका ५५ वर्षिय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षिय नरमाया रोकाको मृत्यु भएको हो ।
पहिरोमा परीमा पुनका श्रीमती, दुई छोरा र बुहारी भने सामान्य घाइते भएको प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । आइतबार पहिरो खसेर घटना भएपनि सडक, विद्युत् र इन्टरनेट अवरुद्ध ढिलो गरी घटना सार्वजनिक भएको हो ।