९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एनआरएन निर्वाचन कार्यतालिका: पुस ११ र १२ गते निर्वाचन


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • एनआरएन निर्वाचन कार्यतालिका: पुस ११ र १२ गते निर्वाचन

    काठमाडौं, १७ मंसिर – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी पुस ११ र १२ गते हुने भएको छ।

    संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि तय गरिएको निर्वाचन मिति हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

    निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनय मंसिर २५ गते हुनेछ। यस्तै निर्वाचन पुस ११ र १२ गते (डिसेम्बर २६ र २७) मा हुने निर्वाचन समितिले जनाएको छ ।

    संघमा दुई पक्षबीच विवाद भएपछि परराष्ट्र मन्त्रलायले गत असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो।

    परराष्ट्र मन्त्रालयको निर्णयलाई चुनौति दिँदै एनआरएनका अध्यक्ष कुमार पन्तले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

    आइतबार अदालतले परराष्ट्र मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेका हो।

    यसैबीच निर्वाचनको सबै तयारी लगभग पुरा भइसकेको अध्यक्ष कुमार पन्तले जानकारी दिए।

    हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न पन्तले आग्रह गरेका छन्। उनले निर्वाचन बिथोल्ने खालको कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन सबैमा आग्रह गरेका छन्।

    पन्तले निर्वाचन प्रभावित पार्न राष्ट्रिय समन्वय परिषद्का अध्यक्षको कुनै पनि भेला आयोजना संघले नगरेको स्पष्ट पारे।

    ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यहीँ डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएको छ, तर गलत मनसाय प्रेरित कुनै पनि भेला वा कार्यक्रममा सहभागी नहुन म निर्देशन दिन्छु’, पन्तले भने, ‘संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसँग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत स्मरण गराउँदै सोही अनुसार गर्न /गराउन अनुरोध गर्दछु।’

    संघको नेतृत्वको लागि डा. बद्री केसी, कुल आचार्य र रविना थापा मैदानमा छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend