८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

भारतको विधानसभा निर्वाचनमा भाजपाको वर्चश्व


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७८ , शनिबार

  • भारतको विधानसभा निर्वाचनमा भाजपाको वर्चश्व
    MODI

    काठमाडौं, २८ फागुन – भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमध्ये चार राज्यमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ।

    सत्तारुढ दल भाजपा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा विजयी भएको हो। सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भाजपाले भारी बहुमतसहित २५५ स्थानमा जित हासिल गरेको हो।

    ४०३ विधान सभा सिटमध्ये भाजपाले २५५ सिटमा विजय हासिल गर्दै बहुमत ल्याएको छ। समाजवादी पार्टीले १११ सिट जित्यो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सत्तामा फर्केर इतिहास रचेका छन्। सन् १९८५ यता राज्यमा सत्ता कायम गर्ने भाजपा पहिलो पार्टी बनेको छ।

    यस्तै उत्तराखण्डमा ७० सिटमध्ये भाजपाले ४७ र कंग्रेसले १९ सिट जितेको छ। ४० विधान सभा सिट रहेको गोवामा भाजपाले २० सिट ल्याएको छ। गोवामा सरकार गठनका लागि २१ सिट आवश्यक हुन्छ।

    यसैबीच स्वतन्त्र उम्मेदवार एन्टोनियो वास, चन्द्रकान्त शेट्ये र एलेक्स रेजिनाल्डले पनि उक्त पार्टीलाई आफ्नो समर्थन दिएका छन्। कंग्रेसले ११ सिटमा विजय हासिल गरेको छ। त्यस्तै मणिपुरमा ६० सिटमध्ये भाजपाले ३२ सिट जितेको छ। उता पञ्जावमा भने आम आदमी पार्टीको सरकार बन्ने भएको छ। ११७ सिट रहेको पञ्जावमा आम आदमी पार्टीले ९२ स्थानमा जित हासिल गर्यो। पञ्जावमा कंग्रेसले १८ सिट ल्याएको छ।

    पञ्जावमा आम आदमी पार्टीको एकतर्फी जीतपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बधाई दिएका छन्।

    मोदीको ट्वीटपछि शुक्रबार आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले प्रधानमन्त्री मोदीलाई ‘धन्यवाद सर’ भनेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend