८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

देउवालाई मत दिनु हाम्रो कर्तव्य हो: सांसद झाँक्री


जनमञ्च संवाददाता
  • ३ साउन २०७८ , आइतबार

  • देउवालाई मत दिनु हाम्रो कर्तव्य हो: सांसद झाँक्री

    नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत् सांसद झाँक्रीले मिल्ने भए संस्थागत निर्णय गर्नु पर्ने बताएकी छन्।

    ‘हामीले ७६(५) को प्रधानमन्त्रीको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौं। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौं,’ झाँक्रीले लेखेकी छन्,‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ, नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं।’

    उनले त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह गरेकी छन्। ‘त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले लेखेकी छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend