८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कोरोनाको तेस्रो लहर रोक्ने गरी पूर्वतयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन


जनमञ्च संवाददाता
  • ३ साउन २०७८ , आइतबार

  • कोरोनाको तेस्रो लहर रोक्ने गरी पूर्वतयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    कोरोना भाइरसको तेस्रो लहर रोक्नका लागि पूर्वतयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। आज बालुवाटारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललगातसँग छलफल गर्दै देउवाले सीमा नाकामा होल्डिङ सेन्टर तत्कालै बनाउन निर्देशन दिएका छन्।

    प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार कोरोनाविरूद्ध खोप खरिदलाई चुस्त रूपमा अगाडि बढाउन पनि प्रधानमन्त्रीबाट निर्देशन भएको छ।

    खोप केन्द्रहरू वृद्धि गरी जनतालाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिव अर्याल, विज्ञहरू, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बोलाएर आइतबार निर्देशन दिएका हुन्।

    साथै प्रधानमन्त्री देउवाले कोरोना परीक्षणको दायरा वृद्धि गर्न र अस्पतालहरूमा अक्सिजन लगायतको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend