८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मेसीले कोपा जितेको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड


जनमञ्च संवाददाता
  • ३ साउन २०७८ , आइतबार

  • मेसीले कोपा जितेको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड

    एक साताअघि लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जितेका थिए । यी स्टारले अहिले अर्को कीर्तिमान बनाएका छन् । यसपटकको उनको कीर्तिमान फुटबल मैदानभित्रको होइन ।

    मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधिसहित फोटो पोस्ट गरेका थिए, यो फोटो इन्स्टाग्रामको सर्वाधिक रुचाइएको खेलकुद फोटो बनेको छ । यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटो रोनाल्डोले पोस्ट गरेका थिए । मेसीले गरेको पोस्टमा समाचार तयार गर्दासम्म २ करोड ७५ हजारभन्दा धेरै लाइक आइसकेको छ ।

    यसअघि रोनाल्डोले २५ नोभेम्बर २०२० मा डिएगो म्याराडोनाको निधनपछि र म्याराडोनाप्रति सम्मान प्रकट गर्दै फोटो पोस्ट गरेका थिए । कुनै मेसीले उछिन्नुअघि यो पोस्ट नै सर्वाधिक धेरै लाइक पाउने खेलकुद फोटो थियो । यसमा समाचार तयार गर्दासम्म १ करोड ९८ लाखभन्दा धेरै लाइक आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend