८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेले महाधिवेशन गरेको कुरालाई ‘नेगेटिभ’ रूपमा लिएको छैन: प्रचण्ड


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • एमालेले महाधिवेशन गरेको कुरालाई ‘नेगेटिभ’ रूपमा लिएको छैन: प्रचण्ड

    गैडाकोट नवलपुर, १८ मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन्।

    आज (शनिबार) बिहान नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा बोल्दै प्रचण्डले भर्खरै सम्पन्न एमाले महाधिवेशन चितवनमै हुनुलाई आफूले ‘पोजिटिभ’ रूपमै लिएको बताएका हुन्।

    यसअघि आफूलाई ‘सिध्याउन’ एमालेले आफ्नो गृहजिल्ला चितवनमा महाधिवेशन आयोजना गरेको भनेर आरोप लगाउने गरेका प्रचण्डले आज भने सकारात्मक कुरा गरेका हुन्।

    विकासको मात्र होइन, राजनीतिको केन्द्रसमेत चितवन बनेको प्रचण्डले दाबी गरे। ‘केही दिनअगाडि यहाँ निकै ठूलो मेलाजस्तै गरी मानिसहरू जम्मा भए र नारायणी के चिज हो, यहाँको भौतिक पूर्वाधार के हो भन्ने कुरा देखेर जाने त एउटा कुरा भयो’, उनले भने, ‘चितवनमा विकासले गति लिएको रहेछ भन्ने कुरा उपस्थित भएका मानिसहरूले देखेर गए नै। त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्त्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको लाग्छ मलाई।’

    प्रचण्डले अगाडि भने, ‘त्यस अर्थमा मैले त्यल्लाई नेगेटिभ्ली लिएको छैन। त्यो (एमाले महाधिवेशन) चितवनमै हुनु पोजिटिभै कुरा हो भनेर लिएको छु।’

    यही मंसिर १० गते नारायणी नदी किनारमै एमालेको दसौं महाधिवेशन उद्घाटन गरिएको थियो भने सौराहामा बन्दसत्र गरी १४ गते सम्पन्न गरिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend