८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राष्ट्रव्यापी ब्याडमिन्टनको पुरुष एकलतर्फ सेमिफाइनल समीकरण पूरा


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • राष्ट्रव्यापी ब्याडमिन्टनको पुरुष एकलतर्फ सेमिफाइनल समीकरण पूरा

    काठमाडौं, १८ मंसिर – बाह्रबिसे कप खुला राष्ट्रव्यापी ब्याडमिन्टनको पुरुष एकलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्रफुल महर्जन तथा एपीएफका दीपेश धामी सेमिफाइनलमा पुगेका छन् ।
    शुक्रबार रत्नजितले नेपाल पुलिसका दीपक बोहरालाई २१–६, २१–१० ले हराएर सेमिफाइनलमा प्रफुलसँगको भेट पक्का गरेका छन् । प्रफुलले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा हराए ।
    अर्को खेलमा नवीन श्रेष्ठले आफ्नै टिमका रुकेश महर्जनलाई २१–१२, २१–१५ ले हराए । नवीनले दीपेश धामीसँग प्रतिस्पर्धा गर्नेछन् । दीपेश भने पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१४ ले हराएर सेमिफाइनल पुगेका हुन् ।
    महिला एकलतर्फ आर्मीकी अमिता गिरीले आफ्नै टिमकी रोज पाण्डेलाई २१–१४, २१–१० ले हराएर सेमिफाइनल तय गरिन् । अब अमिताले फाइनल पुग्नका लागि पुलिसकी नीता लम्सालविरुद्ध खेल्नेछन् । नीताले एपीएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले हराइन् ।
    अर्को खेलमा आर्मीकी रसिला महर्जनले एपीएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा आर्मीकै अनुमाया राईसँगको भेट पक्का गरिन् । अनुमायाले आर्मीकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले हराइन् ।
    पुरुष युगलतर्फ आर्मीका सुरोज महर्जन र पविन लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिसमुनि वज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० ले तथा बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीले साइनो स्पोर्ट्स हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाइनल पक्का गरे ।
    कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले एपीएफका एसिया जबेगु र नवीन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका शशिन डंगोल र सुमित महर्जनको जोडीसँगको भेट पक्का गरेको छ ।
    शशिनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष तामाङको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले हराएको थियो । ५ लाख ५० हजार पुरस्कार राशिको प्रतियोगितामा एकल विजेता पुरुषले १ लाख २५ हजार र महिलाले ५० हजार प्राप्त गर्नेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend