८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

करोडौ ठगीको आरोपमा पोखराका राजेन्द्र भण्डारी र दानुमाया गुरुङ पक्राउ


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • करोडौ ठगीको आरोपमा पोखराका राजेन्द्र भण्डारी र दानुमाया गुरुङ पक्राउ

    पोखरा, १८ मंसिर – प्रहरीले १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १० घर भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल छन् ।

    महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले बुधबार भुजेललाई काठमाडौंको कालिमाटी र भण्डारीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरुले सामाजिक सन्जाल फेसबुकको माध्यमबाट विभिन्न व्यक्तिलाई प्रलोभन देखाई आफ्नो खातामा पैसा जम्मा गराउने गरेको प्रहरीले जनाएको छ ।

    फेसबुकमा उनीहरुले डा. बेन्जामिन फ्रान्कलिन नामको आइडी खोली आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।

    बेलायत पुगेपछि सबै रकमको दोब्बर फिर्ता दिन्छु भनी प्रलोभन देखाएपछि पीडितले विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ पठाएका थिए । अन्य मानिसबाट समेत थप रकम उनीहरुले संकलन गरेको प्रहरीले जनाएको छ ।

    भुजेल र भण्डारीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
    डाक्टरै परिचय दिएर १ करोड २२ लाख ठगी प्रकरणमा पोखराबाट थप १ युवती पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले पोखराबाट दानुमाया गुरुङलाई शुक्रबार पक्राउ गरी काठमाडौं लगेको छ ।

    संयुक्त राष्ट्रसंघीय नियोगमा काम गर्ने १ महिलालाई विभिन्न प्रलोभन देखाएर ४ महिनाको अवधिमा १ करोड २२ लाख रुपैयाँ ठगिएको थियो । आफूलाई डाक्टर बेन्जामिन फ्रांकलिन भनेर चिनाउने व्यक्तिले राष्ट्रसंघीय नियोगमा काम गर्ने ती महिलालाई फेसबुकमा साथी बनाएका थिए ।

    रकम निकाल्न एटिएम बुथमा जाँदा आफू लुटिएको र अहिले रकम सहयोग गरे बेलायत पुगेपछि दोब्बर फिर्ता गर्ने आश्वासन डाक्टर बताउने ती व्यक्तिले दिएका थिए । सोही लोभमा पटक पटक गर्दै ती महिलाले १ करोड २२ लाख रुपैयाँ पठाएकी थिइन् ।

    दोब्बर रकम पाउने आशमा पठाएको पैसा फसेपछि पीडित महिला प्रहरीमा पुगेकी थिइन्। ती महिलाको उजुरीपछि ठगीको रहस्य बाहिरिएको हो ।

    ती महिला रकम पठाउन तयार भएपछि नेपालमै रहेका केही व्यक्तिको बैंक खाता नम्बरसमेत दिइएको थियो । ती महिलाले भण्डारी, भुजेल लगायतको बैंक खातामा पैसा पठाएको अनुसन्धानबाट खुलेको छ ।

    त्यो रकम नेपालबाट संकलन गरी भारत पठाउनेसम्मको काम हाल पोखराबाट पक्राउ परेकी परेकी महिलाले गरेको पाइएको महाशाखाले जनाएको छ । नेपालमा बसेर ठगीको मध्यस्थकर्ताको भूमिका निभाएपछि उनलाई पक्राउ गरिएको महाशाखा स्रोतको दाबी छ ।

    ती महिलाले मात्रै ७८ लाख रुपैयाँ संकलन गरेको र संकलित रकममध्ये भारतको एसबिआई बैंकमार्फत भारु २३ लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेकाहरुलाई प्रयोग गरेर ठगी भएको प्रहरीले जनाएको छ । आफूलाई डाक्टर बेन्जामिन बताउने व्यक्ति मलेसिया नभएर भारतमा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend