पोखरा, १८ मंसिर – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले १९६ मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि सुरु गरिएको हो ।
गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका छन्।