९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

हिमपात र वर्षासँगै बढ्दै चिसो, सतर्क रहन आग्रह


जनमञ्च संवाददाता
  • २० मंसिर २०७८ , सोमबार

  • हिमपात र वर्षासँगै बढ्दै चिसो, सतर्क रहन आग्रह

    काठमाडौं, २० मंसिर – देशका विभिन्न भागमा आज पनि वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
    सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    आज राति कर्णाली प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
    देशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
    वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेको छ । जसका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका धेरै भागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्न थालेका सवारी चलाउँदा ध्यान दिन पनि विभागले नियमित बुलेटिन प्रकाशन गर्दै आग्रह गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend