११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

काठेखोलामा ४ करोडको कृषि तथा पशु उद्यमशिलता परियोजना


जनमञ्च संवाददाता
  • २० मंसिर २०७८ , सोमबार

  • काठेखोलामा ४ करोडको कृषि तथा पशु उद्यमशिलता परियोजना

    बागलुङ, २० मंसिर – काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसंगको सहकार्यमा पौने ४ करोडको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चालन गर्ने भएको छ । काठेखोलाका ८ वटै वडाका कृषकहरुको हितलाई ध्यानमा राखेर ३ करोड ७३ लाख ३३ हजार रुपैयाको लागतमा उद्यमशिलता परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए ।

    कृषकहरुको चाहनामा आधारित उद्यम सञ्चालन गर्नका लागि हामीले कृषि तथा पुश उद्यमशिलता विकास परियोजना सञ्चालन गर्न लागेका हौ, गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले भने–‘कृषकहरुलाई कृषि र पशुपालनका क्षेत्रमा संगठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा लिएका छौ ।’

    कृषकहरुले कृषि र पशुपालनका क्षेत्रमा आफुले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको ३ वर्षे कृषि तथा पशु उद्यमशिलता परियोजना सञ्चालनका लागि गाउँपालिका र हेफर इन्टरनेशनलबीच शुक्रवार सम्झौता भएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा र हेफर इन्टरनेशनलका सहनिर्देशक दुर्गा केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    हेफर इन्टरनेशनलसंगको साझेदारीमा सञ्चालन गर्न लागियो यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङले गर्ने भएको छ । ३ वर्ष सञ्चालन हुने परियोजनाका लागि वडा स्तरमा समुहहरु गठन गरी उद्यमीहरुको प्रवद्र्धन, उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गरिने विवाइसी बागलुङका कार्यक्रम संयोजक चुडामणी उपाध्याय ले जानकारी दिए ।

    परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष ८० लाख, दोस्रो र तेस्रो वर्ष १÷१ करोड परिचालन गर्ने भएको छ । गाउँपालिकाले परिचालन गर्ने रकमको २५ प्रतिशत हेफर इन्टरनेशनलले परिचालन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण वहादुर कार्कीले वताए । परियोजना सञ्चालनका लागि आवश्यक प्रशासनिक र तालिमका कार्यक्रमहरु सबै हेफर इन्टरनेशनलले सञ्चालन गर्नेछ ।

    परियोजनामार्फत उद्यमशिलताको विकास गरी कृषकहरुलाई सहकारीमा आवद्ध गराउदै उनीहरुका उत्पादनको संकलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य रहेको छ । हेफर इन्टरनेशनले विवाइसीसंगको साझेदारीमा काठेखोला गाउँपालिका ४ तंग्राममा यस भन्दा पहिला नै पशुवस्तुको मुल्यमा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना परियोजना सञ्चालन गरेको छ ।

    उक्त परियोजना मार्फत सप्तरङ्गी सामाजीक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजीक उद्यमी महिला सहकारी संस्थाले बाख्रा उत्पादन गर्दै आएका छन् । करिव ८ वर्षदेखि सञ्चालनमा रहेको परियोजना मार्फत दुई सहकारीले बाख्रा बेचेर वार्षिक ३ करोड भन्दा बढी आयआर्जन गर्ने गरेका छन् । कृषकहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुबाट उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि सहकारीलाई परिचालन गरिदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend